जवरजस्ती करणी गर्ने पक्राउ


साउन ७, २०७७, बुधबार | दिउँसो ०२:०९ बजे | 5


भक्तपुर ।जवरजस्ती करणी गर्ने राजेश भण्डारीलाई प्रकाउ गरिएको छ । २०७६जेठ २७ गते जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ मध्यपुर अस्पताल अगाडी मासु पसल गर्ने राजेश भण्डारीले पत्रिकाको ग्राहक बनाउने क्रममा १७ बर्षीय बालिकालाई निजको डेरा कोठामा लगी डर, धाक धम्की दिई जबरजस्ती करणी गरेको थियो । जिल्ला रामेछाप खाँडादेबी गा.पा. वडा नं. ९ स्थायी घर भएका मोहन बहादुर भण्डारीको छोरा बर्ष २२ को राजेश भन्ने सुरेश भण्डारी हुन् । निजले जबरजस्ती करणी गरे पश्चात गर्भवती भएकी थिइन् ।
२०७६ माघ २६ गते छोराको जन्म भएकोले निज जबरजस्ती करणी गर्ने राजेश भण्डारीलाई खोजतलास गरी कारवाही गरी पाउ भन्ने समेत ब्यहोराको मिति २०७७ असार १४ गतेमा जाहेरी महानगरीय प्रही वृत्त ठिमीमा पर्न आएको थियो ।
सर्वोच्च अदालतको निर्णय अनुसार जबरजस्ती करणी मुद्दाको एक बर्षे हद म्याद बाकी नै रहेको हुँदा मुद्दा दर्ता गरी निज अभियुक्त राजेश भण्डारीलाई खोजतलास गर्दै जाँदा २०७७ साउन ६ गते फेला पारिएको हो ।

Comments