थिमिको चारदोवाटोमा दुर्घटना, एकको मृत्यु
कार्तिक ३०, २०७८, मङ्गलबार | विहान ०७:२२ बजे | 5
मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमी न.पा. वडा नं. ४ चारदोबाटोस्थित काठमाडौबाट भक्तपुरतर्फ आउदै गरेको बाग्मती प्रदेश ०२–०२७ प २३५३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई बिच सडकको डिभाईडरमा ठोक्किन गई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल चालक प्रदिप कार्की गम्भिर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
घटनापश्चात तत्कालै घटनास्थलमा महानगरीय प्रहरी वृत थिमीबाट प्र.नि.रबिन्द्र खड्का सहितको प्रहरी टोली पुगी गम्भिर घाइते जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ७ घर भई हाल भक्तपुर लोकन्थली बस्ने बर्ष २९ को कार्कीलाई उपचारको लागि मध्यपुर अस्पताल थिमी भक्तपुर लगिएकोमा उपचारकै क्रममा मंगलबार विहान मृत्यू भएको जनाएको छ । लाश पोष्टमार्टमको लागि के.एम.सी. अस्पताल दुवाकोटमा राखिएको छ । महानगरीय प्रहरी वृत थिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई घटनास्थल प्रकृति मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य गरी दुर्घटित मोटरसाइकल महानगरीय प्रहरी वृत थिमी, भक्तपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
असावधानिपूर्वक सवारी साधन चलाउदा दुर्घटना हुन गएको बताइएको छ ।