सिद्धपोखरीमा डुबेर २७ वर्षीय युवकको मृत्यु
कार्तिक २७, २०७८, शनिबार | साँझ ०४:०२ बजे | 50
भक्तपुर । भक्तपुरको प्रसिद्ध सिद्धपोखरीमा डुबेर एकजना युवकको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेलका २७ वर्षे राजेश सुलुको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी लोकबहादुर जिसीले मिति २०७८।७।२७ गते अं ४ः४५ बजे भक्तपुर न.पा. १ दुधपाटी स्थित सिद्धपोखरीमा जिल्ला भक्तपुर चाँगुनारायण न.पा.३ झौखेल बस्ने बर्ष २७ को राजेश सुलु पोखरीमा डुबेको भन्ने जानकारी प्राप्त हुनासाथ तत्कालै महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्र.नि. श्याममणी पोख्रेलको कमाण्डमा १० जना टोली खटिई गई तत्कालै उद्वार गरी उपचारको लागि भक्तपुर अस्पतालमा लगिएकोमा उपचारको क्रममा ऐ. ५ः२५ बजे मृत्यु भएको अन्य अनुसन्धान कार्य भईरहेको जनाए।