सुडालबाट १२ लाख नगदसहित १५ जना पक्राउ


कार्तिक २१, २०७८, आइतबार | विहान ०५:४४ बजे | 10


सुडालबाट १२ लाख नगदसहित १५ जना पक्राउ

सुडाल । भक्तपुरको चाँगुनारायण न.पा. वडा नं. ८ सुडाल पुरीगाँउ बस्ने मणिराम पुरीको घरमा पैसाको हारजित हुने गरी मानिसहरु जुवा (तास) खेलिरहेका जना जुवाडे पक्राउ परेका छन् । सूचना प्राप्त हुने वितिकै उक्त स्थानमा शनिबार सवा १० बजे महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्र.नि. लोक्बहादुर जि.सी.को कमाण्डमा प्रहरी टोली खटी गई छापा मार्दा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पैसाको हारजित हुने गरी जुवा (तास) खेलिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई, तास – २ बुक,  सहित नगद बाह्र लाख त्रिचालिस हजार सात सय असी रुपैया समेत बरामद गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा राखिएको जनाइएको छ । निज घरधनी मणिराम पुरीले पहिलैदेखि नै पैसाको हारजित हुने गरी जुवा खेल्ने खेलाउने गरेकोसमेत अनुसन्धानको क्रममा खुल्न आएको जनाइएको छ । थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
पक्राउ पर्नेहरु
ज्ञ.    भक्तपुर जिल्ला चाँगुनारायण न.पा. वडा नं. ८ पुरीगाँउ बस्ने बर्ष ५२ को मणिराम पुरी । (जुवा तास खेलाउने घरधनी)
द्द.    ऐ.ऐ. बस्ने बर्ष २५ को शुसिल खत्री ।
घ.    ऐ.ऐ. बस्ने बर्ष २८ को चन्द्रशेखर खत्री ।
द्ध.    ऐ.ऐ. बस्ने बर्ष ३३ को नवराज खत्री ।
छ.    ऐ.ऐ. बस्ने बर्ष ५१ को राजन कार्की ।
ट.    ऐ.ऐ. बस्ने बर्ष  ४२ को चिरञ्जिवी फुँयाल ।
ठ.    ऐ.ऐ. बस्ने बर्ष ३० जनक खत्री ।
ड.    ऐ.ऐ. बस्ने बर्ष ४३ को जिवन श्रेष्ठ ।
ढ.    ऐ.ऐ. बस्ने बर्ष ३७ को परमेश्वर थापा ।
ज्ञण्.    ऐ.ऐ. बस्ने बर्ष ३८ को प्रेम कुमार वि.क. ।
ज्ञज्ञ.    ऐ.ऐ. बस्ने बर्ष ४५ को सरोज भण्डारी ।
ज्ञद्द.    ऐ.ऐ. बस्ने बर्ष ३९ को विनोद तिमिल्सिना ।
ज्ञघ.    ऐ.ऐ. वडा नं. ७ बस्ने बर्ष ३५ को विकास लामा ।
ज्ञद्ध.    ऐ.ऐ. बस्ने बर्ष ३८ को रुपेश न्याजु ।
ज्ञछ.    काठमाण्डौ जिल्ला गोकणेश्वर न.पा. वडा नं. २ नयाँपाटी बस्ने बर्ष ५० को रामु भण्डारी ।
कारण ः–     आर्थिक लाभ तथा मनोरञ्जन ।


Comments