चाँगुनारायणमा २,६८,३९० नगतसहित १५ जवाडे पक्राउ


कार्तिक १९, २०७८, शुक्रबार | विहान ०६:२८ बजे | 10


चाँगुनारायणमा  २,६८,३९० नगतसहित १५ जवाडे पक्राउ


भक्तपुर । चाँगुनारायणबाट दुई लाख अड्सठ्ठी हजार तिन सय नब्बे रुपैया नगदसहित १५ जना जुवाडे प्रहरीले पक्राउ गरेका छन्। चाँगुनारायण नगरपालिका वडा नम्बर ६ बेशीटोल स्थितमा दिपक कुमार तामाङले संचालन गरेको मलगोलिय वेभ रष्ट्रो एण्ड बार भित्र पैसाको हारजित हुने गरी जुवा (कौडा) खेल्ने खेलाउने व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएका हुन्।
महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी दिपक गिरीले मलगोलिय वेभ रष्ट्रो एण्ड बार संचालक भित्र छापा मादा कौडा –२०(विस) थान, रु. २ को सिक्का –३५ (पैत्तिस) वटा,  सहित नगद दुई लाख अड्सठ्ठी हजारा तिन सय नब्बे रुपैया समेत बरामद गरेको उनले जानकारी गराए।
मलगोलिय वेभ रष्ट्रो एण्ड बार संचालक दिपक कुमार तामाङले पहिलै देखिनै पैसाको हारजित हुने गरी जुवा खेल्ने खेलाउने गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको उनी बताउँछन्। थप अनुसन्धान भइरहेको उनले सुनाए।
प्रक्राउ गरिएको अभियुक्तहरु
भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नम्बर ६ तेलकोट बेशीटोल बस्ने ४० वर्षीय दिपक कुमार तामाङ, मलगोलिय वेभ रष्ट्रो एण्ड बार संचालक ४२ को धन ब. तामाङ, सोही स्थानमा बस्ने २४ वर्षीय (बिरवल तामाङ, कुमार तामाङ), २६ वर्षीय शुक्रे तामाङ, २१ वर्षीय राज कुमार तामाङ, २९ वर्षीय संजय तामाङ, ३० वर्षीय सोनाम लामा, ३२ वर्षीय बिल भन्ने बिर बहादुर तामाङ, ३४ वर्षीय दिलिप तामाङ, ३५ वर्षीय (मन कुमार तामाङ, सुरज लामा), ३६ वर्षीय दिलिप कुमार तामाङ, ३७ वर्षीय सुमन गुरुङ, ३९ वर्षीय राज कुमार थिङ प्रक्राउ परेका छन्।

Comments