स्कुटर दुर्घटनामा तामाङको मृत्यु


कार्तिक १९, २०७८, शुक्रबार | विहान ०५:३६ बजे | 0


  स्कुटर दुर्घटनामा तामाङको मृत्यु


भक्तपुर । मिति २०७८÷०७÷१९ गते ००ः२० बजे जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा ८ बोडे तिन दोबाटो स्थितमा धुन्चेपाखाबाट बोडे तर्फ आउदै गरेको बाग्मती प्रदेश ०२–०१६ प ३४३६ नं. को स्कुटी आफै अनियन्त्रित भई दुर्घटना भएकोमा मोटरसाईकल चालक राज कुमार तामाङ गम्भिर घाइते भएको भन्ने जानकारी प्राप्त भएको जनाए।
तत्कालै घटनास्थलमा महानगरीय प्रहरी वृत थिमीबाट प्र.स.नि. थल बहादुर बानियाँ सहितको प्रहरी टोली पुगी गम्भिर घाइते भएका मोटरसाईकल चालक जिल्ला रामेछाप लिखु गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुर जिल्ला मध्यपुर थिमी धुन्चेपाखा बस्ने बर्ष ३५ को राज कुमार तामाङलाई उपचारको लागि नेपाल–कोरियन मैत्री नगरपालिका अस्पताल थिमी, भक्तपुर लगिएकोमा उपचारकै क्रममा ऐ. मितिको ००ः४५ बजेको समयमा मृत्यू भएको । लाश सोही अस्पतालमा राखिएको जनाएको छ। महानरीय प्रहरी वृत थिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई घटनास्थल प्रकृति मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य गरी दुर्घटित स्कुटी महानगरीय प्रहरी वृत थिमी, भक्तपुरमा राखिएको । थप अनुसन्धान भईरहेको प्रहरीले जनाए।


Comments