बहुबिवाह मुद्दाका फरार अभियुक्त पक्राउ


साउन ६, २०७७, मङ्गलबार | विहान १०:३० बजे | 35



भक्तपुर । मुना शिल्पकारको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी सबिन प्रजापति पक्राउ गरेको छ । बहुबिवाह मुद्दाका भक्तपुर नगरपालिका वडा नं ९ तौलाछे बस्ने २७ वर्षिय सबिनलाई प्रक्राउ गरिएको हो । भक्तपुर जिल्ला अदालतबाट मिति २०७६ जेठ २ गते १  बर्ष ५ महिना १० दिन कैद र १५,०००।– (अक्षरुपी पन्ध्र हजार) जरिवाना फैसला भएका निम्न लिखित वतन भएका सबिन प्रजापति फरार रहेको हुँदा यस परिसरबाट खटाईएको प्रहरी टोलीले आज पक्राउ परी आएका सबिन प्रजापतिलाई भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा फैसला कार्यान्वयनको लागी केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाण्डौ पठाउने आदेश भए अनुसार केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाण्डौ पठाईएको जनाइएको छ ।

Comments