गोल्मढीका तीनजना जुवाडे पक्राउ
कार्तिक १६, २०७८, मङ्गलबार | विहान १०:५५ बजे | 25
घटना बिवरण ः– मिति २०७८÷०७÷१५ गते अन्दाजी २२ः५५ बजेको समयमा भक्तपुर जिल्ला भक्तपुर न.पा. वडा नं. ७ गोल्मढी स्थितमा राजेश खयामलीले बनाएको जस्ताको १ तल्ले टहरामा निजले संचालन गरेको किराना पसलभित्र हारजित हुने गरी मानिसहरु जुवातास खेलिरहेको छन् भन्ने जानकारी प्राप्त ।
अनुसन्धान ः– तत्कालै उक्त स्थानमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्र.नि. सुदन के.सी.को कमाण्डमा प्रहरी टोली खटी गई हेर्दा जस्ताको १ तल्ले टहरा भित्र निम्न नामथर वतन भएका मानिसहरु हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई, ३ (तिन) बुक तास सहित नगद रु. ६९,७५०।– (उनान्सत्तरी हजार सात सय पचास) रुपैया समेत बरामद गरी महानगरीय प्रहरी वृत जगाती भक्तपुरमा राखिएको । भक्तपुर जिल्ला भक्तपुर न.पा. वडा नं. ७ गोल्मढी बस्ने बर्ष ३८ को राजेश खायमलीले १ तल्ले जस्ताको टहरा बनाई किराना पसल संचालन गर्दै आईरहेको र उक्त पसल भित्र रातको समयमा पैसाको हारजित हुने गरी तास (जुवा) खेलाउने गरेको समेत अनुसन्धान क्रममा खुल्न आएको । थप अनुसन्धान कार्य भई रहेको ।
निम्न ः–
१. भक्तपुर जिल्ला भक्तपुर न.पा. वडा नं. ७ गोल्मढी बस्ने बर्ष ३८ को राजेश खायमली । (किराना पसल संचालक)
२. ऐ.ऐ. बस्ने बर्ष ४५ को बलराम ग्वाछा ।
३. ऐ.ऐ. बस्ने बर्ष ३६ को प्रबिन ग्वाछा ।
४. ऐ.ऐ. बस्ने बर्ष ४९ को रविन श्रेष्ठ ।
कारण ः– आर्थिक लाभ तथा मनोरञ्जन ।