चोरी मुद्दाका फरार अभियुक्त पक्राउ


साउन ५, २०७७, सोमबार | साँझ ०४:१७ बजे | 0


भक्तपुर । बिश्वराम लवजुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुमन भन्ने एकादशी प्याठ भएको भक्तपुर नगरपालिकाका वडा नं  ९ कमलबिनायक बस्ने बर्ष ३९ को सुमन नकबजनी चोरी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट मिति २०७६ माघ २७ गते  ११,०००।(अक्षरुपी एघार हजार) जरिवाना फैसला भएका निम्न लिखित वतन भएका सुमन फरार भएको थियो ।  सुमनलाई भक्तपुर प्रहरी परिसरबाट खटाईएको प्रहरी टोलीले आज पक्राउ परी आएका सुमन भन्ने एकादशी प्याठलाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा जरिवाना तिरी छुटेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

Comments