यति कार्पेट नजिक दुर्घटना,मोटरसाईकल पछाडि सवार छालिङका सुरजको मृत्यु
कार्तिक ७, २०७८, आइतबार | विहान ०५:५१ बजे | 10
भक्तपुर । भक्तपुर जिल्ला भक्तपुर न.पा. वडा नं.१ यति कार्पेट नजिक भएको दुर्घटनामा परी मोटरसाइक पछाडि सवार चाँंगुनारयाणयका एकजना युवकको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाईकल पछाडी सवार भक्तपुर जिल्ला चाँगुनारायण न.पा. वडा नं. ५ छालिङ बस्ने बर्ष २० को सुरज तामाङको मृत्यु भएको हो ।
व्यासीबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–०१७ प ७९४२ नं को मोटरसाइकल चोङ्गा गणेश मोटर पार्ट्स ग्यारेजबाट मुख्य सडकमा निस्किदै गरेको प्र.नं. ३–०१–००३ क. ५०६५ नं. को मिनी ट्रकसंग ठोकिई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार सुरज तामाङ गम्भिर घाइते भएका थिए ।
घटनापश्चात तत्कालै घटनास्थलमा महानगरीय प्रहरी प्रभाग दुधपाटीबाट प्र.स.नि. लव कस्पाल सहितको प्रहरी टोली घटना स्थलमा पुगी गम्भिर घाइते भएका उनलाई उपचारको लागी भक्तपुर अस्पताल दुधपाटी लगिएको थियो । प्राथमिक उपचार पश्चात ट्रमा सेन्टर काठमाण्डौ रिफर गरिएकोमा उपचार हुदाहुदै थप उपचारको लागी अन्नपुर्ण न्यूरो अस्तपाल माईतिघर, काठमाण्डौमा रिफर गरिएकोमा उपचारकै क्रममा मृत्यू भएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए । लाश पो.मा.को लागी टिचिङ अस्पतालमा राखिएको जनाइएको छ । दुर्घटित दुबै सवारी साधन सहित मोटरसाईकल चालक भक्तपुर जिल्ला चाँगुनारायण न.पा. वडा नं. ५ छालिङ बस्ने बर्ष १९ को महेश्वर खड्कालाई सामान्य चोटपटक भएकोमा उपचार पश्चात डिस्चार्ज भएको र मिनि ट्रक चालक भक्तपुर जिल्ला भक्तपुर न.पा. वडा नं. १० कमलविनायक महालक्ष्मी बस्ने बर्ष ३३ को लक्ष्मी प्रसाद दुवाललाई महानगरीय प्रहरी परिसर, भक्तपुरमा राखिएको छ । घटना सम्वन्धमा थप अनुसन्धान भई रहेको जनाइएको छ । असावधानिपूर्वक सवारी साधन चलाउदा दुर्घटना हुन गएको जनाइएको छ ।