बन्जीजम्पका क्रममा डोरी चुँडिएपछि ८० फिट तल खसेर महिलाको मृत्यु


कार्तिक ५, २०७८, शुक्रबार | दिउँसो ०१:४९ बजे | 5


बन्जीजम्पका क्रममा  डोरी चुँडिएपछि ८० फिट तल खसेर महिलाको मृत्यु

काठमाडौं। साहसिक खेलकी सौखिन एक महिलाको बन्जीजम्पका क्रममा ज्यान गएको छ । यी महिलाले बन्जीजम्प गर्ने क्रममा उनको खुट्टा बाँ’धिएको डोरी चुँडिएपछि ८० फिट तल खसेर उनको मृत्यु भएको हो ।

यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा महिलाले छतमा बन्जी जम्पको तयारी गरिरहेको र उनी हाम्फालेपछि दर्दनाक दु’र्घटना भएको देख्न सकिन्छ ।डेलीमेलको रिपोर्टअनुसार कजाखस्तानकी ३३ वर्षकी येवजिनिया लिओन्तिभा अफ्ना पति र साथीहरुसँग एक होटलमा गएकी थिइन् ।

लिओन्तिभा ३ बच्चाकी आमा थिइन् । उनीहरु गएको होटलको छतमा बन्जी जम्प भइरहेको थियो । लिओन्तिभाले पनि बज्नी जम्प गर्ने इच्छा देखाइन् र छतमा गइन् । तर, उनी हाम्फालेपछि उनलाई अड्याउनुपर्ने डोरी चुँ’डियो र उनी भुइँमा ख’सिन् लिओन्तिभा करिब ८२ फिट उचाइबाट भुइँमा ख’सेकी थिइन् ।

उनलाई तत्काल अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भयो । रिपोर्टका अनुसार उनले यसअघि पनि बन्जी जम्प गरेकी थिइन् । पुलिसले यो घटनामा हत्याको कोणबाट पनि जाँच गरिरहेको छ । बन्जी जम्पिङका मालिकलाई पक्राउ गरिएको छ । उनीमाथि सुरक्षा नियममा लापरवाही गरेको आरोप छ ।सिधाकुरा

Comments