ब्रम्हायणी मेलाबाट सिक्री लुटियो


असोज २९, २०७८, शुक्रबार | विहान ०६:३७ बजे | 20


ब्रम्हायणी मेलाबाट सिक्री लुटियो

भक्तपुर । दशमीको दिन शुक्रबार भक्तपुरको ब्रम्हायणी मेलामा सहभागी एक महिलाको सिक्री लुटिएको छ । मेलामा सहभागी भक्तपुर दुवाकोटकी लक्ष्मी महर्जनको साढे दुई तोलाको सिक्री लुटिएको हो । सिक्री लुटिएपछि जात्रास्लमै उनी विलौना गरेर रोएकी थिइन् । उनका अनुसार सिक्री लुटेकै उनले चाल पाएकी थिइन् । सिक्री लुटदा आफूलाई अँंगालो मारे जस्तै गरेको र त्यहीबेला आफनो सिक्री आफूले समात्न खोज्दा फुत्केर चोरले लुटेको उनले बताएकी छिन् । घटना हुने वितिकै चोर चोर, गुहार गुहार, मेरो सिक्री लुटयो भनेर विलौना गरेको तर कसैले वास्ता नगरको उनले सुनाइन् । जात्रास्थलमा मानिसको अत्याधिक भीड र बाजागाजामय हुने गर्दछ । त्यही कारण कसैको ध्यान नगएको देखिन्छ । प्रत्येक वर्ष दसैको अन्तिम दिन विजया दशमीमा ब्रम्हायणीमा ठूलो मेला लाग्ने गर्दछ । विहान सवैरैदेखि दिनभर त्यहाँं मेला लाग्ने गर्दछ । साथसाथै राति पनि त्यहांबाट देवगण तलेजू लगेकोे हेर्न आउनेको भीड लाग्छ ।

Comments