भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको श्रृजनानगर नजिक भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका वडा न. ५ सृजनानगर राधेराधे पुलस्थित अरनिको राजमार्गमा सल्लाघारीबाट राधेराधेतर्फ जादै गरेको बागमती प्रदेश ०२–०१७ प १०१२ नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठक्कर खाई दुर्घटना हुँंदा मोटरसाइकल चालक सप्तरी बर्निया स्थायी घर भई हाल काठमाडौ महानगरपालिका वडा नं. ३२ नरेफाँटस्थित एसएनएस मोटरसाइकल वर्कसपमा काम गर्ने अन्दाजी बर्ष १६ को राम मण्डलको मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार दुर्घटनापछि उपचारको लागी नजिकैको मध्यपुर अस्पताल ठिमी भक्तपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जनाएको छ । परिसरका सूचना अधिकृत दीपक गिरीले मोटरसाइकलमा पछाडि सवार नुवाकोट दुप्चेश्वर गाँउपालिका वडा नं. ४ घर भई हाल काठमाडौ महानगरपालिका वडा नं. ३२ नरेफाँट बस्ने बर्ष १८ को राजन तामाङ सामान्य घाइते भई जडिबुटीस्थित एपेक्स पोलिक्लिनिक एण्ड डाइग्नोटिक्स सेन्टरमा उपचार गरी राति नै डिस्चार्ज भएको जनाए ।
घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्र.नि. सुदन के.सी. र महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्र.नि. सूर्यबहादुर.शाहीको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई घटनास्थल मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य गरिएको जनाइएको छ ।     तीब्र गतिका कारण आफै अनियन्त्रित भई दुर्घटना भएको खुल्न आएको जनाइएको छ । घटना सम्बन्धमा थपः अनुसन्धान भईरहेको जनाइएको छ ।    

...

All Comments.......


Please Login/Register To Comments