२०७८÷०६÷२२ गते राती अन्दाजी ०१ः०० बजेको समयमा जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ४ खोरिया गाँउ स्थित ऐ. बस्ने वर्ष २१ को ईश्वर तामाङले सञ्चालन गरेको पुल हाउसमा हो–हल्ला गरी पैसाको हारजित हुने गरी जुवातास खेलिरहेका छन् भन्ने जानकारी प्राप्त ।
 
तत्कालै घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्र.नि. सुदन के.सी. को कमाण्डमा अनुसन्धान अधिकृतको टोली घटनास्थलमा पुगी खानतलासी गर्दा नगद रु ४१,३५०÷– (अक्षरुपी एकचालिस हजार तीन सय पचास) र १ बुक तास सहित निम्न १६ जनालाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा १ बमोजिम (जुवा सम्बन्धि कसुर)मा अनुसन्धान कार्य भईरहेको ।
निम्नः–
१) पुल हाउस सञ्चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ४ बस्ने वर्ष २१ ईश्वर तामाङ ।
२) ऐ.बस्ने वर्ष ३० को विष्णु ब तामाङ ।
३) ऐ.बस्ने वर्ष २३ को अजय पुडासैनी ।
४) ऐ.बस्ने वर्ष २३ को तिलक तामाङ ।
५) ऐ.बस्ने वर्ष १८ को सुरज तामाङ ।
६) ऐ.बस्ने वर्ष २६ को सुमित तामाङ ।
७) ऐ.बस्ने वर्ष ३३ को प्रेम तामाङ ।
८) ऐ.बस्ने वर्ष १९ को आलोक तामाङ ।
९) ऐ.बस्ने वर्ष २० को  अरुण तामाङ ।
१० ऐ.बस्ने वर्ष २० नवराज तामाङ ।
११) ऐ.बस्ने वर्ष १८ को बादल तामाङ ।
१२) ऐ.बस्ने वर्ष २४ को सय कुमार तामाङ ।
१३) ऐ.बस्ने वर्ष १८ को लोकेश तामाङ ।
१४) ऐ.बस्ने वर्ष २० को गौतम तामाङ ।
१५ ) ऐ.बस्ने वर्ष २७ को रोशन तामाङ ।
१६) ऐ.बस्ने वर्ष १८ को विर तामाङ ।

मिति २०७८÷०६÷१५ गते मध्यराती अन्दाजी ००ः१० बजेको समयमा जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ४ खोरिया स्थित सुमन तामाङको घरमा निजले पैसाको हारजित हुने गरी बाजी थापी अबैध रुपमा जुवा तास खेली रहेको अवस्थामा निम्न ४ जना ब्यक्तिहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई खानतलासी गर्दा ३ बुक तास र नगद रु. १,२८,५००÷– (अक्षरुपी एक लाख अठ्ठाईस हजार पाँच सय)  सहित नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (१) बमोजिम (जुवा सम्बन्धि कसुर) मा अनुसन्धान कार्य गरी मिति २०७८÷०६÷१९ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गरी प्रतिव्यक्ति रु. ६,०००÷– का दरले जम्मा २४,०००÷– घरौटीमा छुटेका ।
निम्नः–
१)    जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ४ छाप बस्ने बर्ष ३२ को अन्जन तामाङ ।
२)    जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ४ खोरिया बस्ने बर्ष ४१ को गुम बहादुर तामाङ ।
३)    जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ४ खोरिया बस्ने बर्ष ३० को मोटे भन्ने सुमन तामाङ  ।
४)    जिल्ला नुवाकोट शिवापुरी गा.पा. वडा नं. १ घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ४ खोरिया बस्ने बर्ष ३८ को राज कुमार गुरुङ ।
...

All Comments.......


Please Login/Register To Comments