मिति २०७८÷०६÷१८ गते अन्दाजी २३ः३५ बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटार चोक नजिक अरनिको राजमार्गमा भक्तपुरबाट काठमाण्डौ तर्फ जादै गरेको ना ३२ प ६६७३ नं को पल्सर मोटरसाईकल आफै अनियन्त्रित भई सडकको रेलिङमा ठक्कर खान गई सवारी दुर्घटना भएको जानकारी प्राप्त ।
 
तत्कालै घटनास्थलमा महानगरीय प्रहरी प्रभाग बालकोट भक्तपुरबाट प्र.ना.नि. भुवन खड्का सहितको प्रहरी टोली घटना स्थलमा पुगी गम्भीर घाईते भएका मोटरसाईकल चालक जिल्ला पर्सा बिरगंञ्ज महानगरपालिका वडा नं. २० घर भई हाल भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायक बस्ने वर्ष ३० को लोकनाथ ठाकुरलाई उपचारका लागी भक्तपुर ईन्टरनेशनल अस्पताल लगेकोमा उपचारकै क्रममा ऐ. मितिको २३ः५५ बजे समयमा मृत्यु भएको र मोटरसाईकलमा पछाडी सवार जिल्ला पर्सा विरगन्ज महानगरपालिका वडा नं. २० घर भई हाल ई.प्र.का.चन्द्रनिगापुर रौतहटमा कार्यरत प्रहरी हवल्दार सियाराम सिंहलाई उपचारका लागी नागरिक अस्पताल ठिमी भक्तपुर लगी प्रारम्भिक उपचार पश्चात थप उपचारका मिति २०७८÷०६÷१९ गते बिहान ००ः३५ बजेको समयमा के.एम.सि. अस्पताल सिनामंगल काठमाण्डौ लगिएकोमा पुनः थप उपचारका लागि ऐ. मितिको बिहान ०५ः०३ बजेको समयमा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौ रिफर गरिएको । घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई घटनास्थल मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य गरिएको ।   

तीब्र गतिका कारण आफै अनियन्त्रित भई दुर्घटना भएको खुल्न आएको । घटना सम्बन्धमा थपः अनुसन्धान भईरहेको
...

All Comments.......


Please Login/Register To Comments