मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
असोज १३, २०७८, बुधबार | विहान १०:०१ बजे | 0
बिराज अधिकारी
व्यास १२ देउरालीस्थित पृथ्वी राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ ।
छिर्कनेबाट दमौली तर्फ आउदै गरेको ग १६ प १६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्री स्थानीय ७२ वर्षिया चेतकुमारी जैशीको ज्यान गएको हो ।
उनलाई उपचारका लागि रत्नहरि अस्पताल दमौली ल्याइएकामा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ