घटना बिवरणः– मिति २०७८÷०४÷१५ गते बिहान अन्दाजी ०५ः०० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं.४ स्थित रहेको सिजन गेष्ट हाउसमा जिल्ला सिन्धुली साविक झागाझोली गा.वि.स. वडा नं. ४ हाल परिवर्तित सुनकोशी गाँउपालिका वडा नं. ४ बस्ने बर्ष २५ को मिठाराम धिमालले बर्ष १३ की बालिकालाई जवरजस्ती करणी गरी फरार भएको । मिति २०७८÷०४÷१८ गते महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरमा किटानी जाहेरी दरखास्त प्राप्त हुन आएको ।
अनुसन्धानः–  फरार प्रतिबादी मिठाराम धिमालको नाममा मिति २०७८÷०४÷२० गते भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमती लिई अनुसन्धान गर्दै जाँदा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएका प्र.ना.नि.टपेन्द्र भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले मिति २०७८÷०६÷०६ गते बिहान अन्दाजी ११ः०० बजेको समयमा जिल्ला महोत्तरी बर्दिबास नगरपालिका वडा नं. १ मा लुकीछिपी बसेको अवस्थामा फेला पारी कानून बमोजिम पक्राउ गरी महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरमा राखी थप अनुसन्धान कार्य भई रहेको ।

कारणः–     यौन प्यास मेटाउन ।

...

All Comments.......


Please Login/Register To Comments