बालकोटमा ट्याक्टर दुर्घटना हुँंदा चालकको मृत्युु


असोज ३, २०७८, आइतबार | दिउँसो १२:१६ बजे | 30


बालकोटमा ट्याक्टर दुर्घटना हुँंदा चालकको मृत्युु

डम्बर थापा   
बालकोट (भक्तपुर) । भक्तपुरको बालकोटमा आइतबार भएको दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । जिल्लाको सर्यविनायक नगरपालिका–३ बालकोटमा ढल निर्माण कार्यमा निर्माण सामाग्री ढुवानी गरी निर्माणस्थलमा जाँदै गरेको  लु ४ त ४६८२ नम्बर  को ट्याक्टर दुर्घटनामा भई बर्दिया घर भएका अन्दाजी  बर्ष २४ का चालक रोशन चौधरीको घटनास्थलमै ज्यान गएको हो । टयाक्टर  सूर्यविनायक नगरपालिका वडा नं –२ बालकोटमा अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठी त्रलिमा च्यापियर उनको मृत्यु भएको हो ।  

Comments