लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–४ भुजुङको लेक स्यालुमा चट्याङ लागेर पाँच वटा लैनो भैंसी मरेका छन् ।

चरनक्षेत्रमा पानी परेपछि ओत लाग्न रुखमुनि रहेका बेला चट्याङ खस्दा भैंसी मरेका किसान रुनबहादुर गुरुङले बताए ।

सोमबार साँझ करिब ५ बजे परेको चट्याङले आफ्नो मात्रै ३ वटा भैंसी मरेका उनले बताए । बाँकी भैंसी वीरबहादुर गुरुङ (इना) का हुन् । किसानको करिब ३ लाख ५० हजार रुपैयाँ नोक्सान भएको स्थानीय नौराज गुरुङले बताए । न्युज कारखाना...

All Comments.......


Please Login/Register To Comments