अविरल वर्षाका कारण के के क्षति भए भक्तपुरमा ?
भदौ २१, २०७८, सोमबार | दिउँसो १२:१० बजे | 0
मिति २०७८÷०५÷२१ गते परेको अबिरल बर्षाका कारण भक्तपुर जिल्लाका निम्न स्थानहरुमा निम्न सामानहरुको क्षति भएको र प्रहरीद्वारा उद्धार गरिएको ।
निम्नः–
१. ०६ः०० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. २ सानोठिमी दिब्येश्वरी प्लानिङ स्थित शिव बहादुर थापाको जग्गा भाडामा लिई फर्म संचालन गरेको जस्ताको टहरामा वर्षातको कारण डुबानमा परेको उक्त स्थानबाट बंगुर, हाँस र निम्न सामान समेत उद्वार गरी सुरक्षित स्थानमा राखिएको ,ऐ.ऐ. ०९ः१० बजेको वडा नं. १ को मनहरा सुकुम्बासीमा बस्दै आएको ९०० वटा जस्ताको टहरा मध्ये ५०० टहराहरुमा पानी पसी डुबानमा परेको टहरामा भएको अन्य सामाग्रीहरु सुरक्षित स्थानमा राखिएको , वडा नं. ९ बोडे निलबाराही नयाँ बस्तीमा मनहरा खोलाको पानी पसी सामान क्षती भएको र ११ः०० बजेको समयमा जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ६ नयाँ गाँउ बस्ने बिक्रम तामाङको जस्ताले बनाएको घर पहिरोको कारण घर जोखिममा रहेको ।
२. ०९ः०० बजेको समयमा जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ९ ताँथली चौतारा पुजारी टोल स्थितमा राजु परियारको प्रती जग्गामा बनाइएको कच्ची एक तले जस्ताले छाईएको घरमा घर पछाडीबाट वर्षाको कारण पहिरो आई घरको पछाडीको गाह्रो चर्किएको अन्य क्षती नभएको , ऐ.ऐ.वडा नं. ४ चाँगु ईन्द्रेणीपुल स्थित जिल्ला खोटाङ घर भई हाल ऐ. स्थानमा बस्ने बसन्त राईले संचालन गरेको जस्ताको टहरोमा रहेको ५ वटा काठ र बंगुर फर्म मनहरा खोलाले बगाएको, मानविय तथा चौपाया क्षती नभएको तथा निमा मोक्तान लामाको जस्ताले बनेको १ तल्ले टहरोमा खोलाको पानी पसी पुर्ण रुमा क्षती भएको , वडा नं. ८ चरेलीमा बिजुलीको २ वटा पोल ढली भित्तामा गएको तार लत्रेको, अन्य क्षति नभएको ऐ.ऐ. जितपुरमा