‘बीग बोसका’ विजेता सिद्धार्थ शुक्लाको निधन
भदौ १७, २०७८, बिहीबार | विहान ०६:५२ बजे | 25
बलिउड कलाकार साथै ‘बीग बोसका’ विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । हृदयाघातका कारण ४० वर्षको उमेरमा शुक्लाको निधन भएको हो । शुक्लाको निधन भएको खबर भारतीय संचारमा उल्लेख छ । उनको पार्थिव शरीरलाई अहिले मुम्बईको कपुर अस्पतालमा राखिएको छ ।
औषधी खाएर सुतेका उनी बिहान उठ्दा म्रित भेटिएका थिए । उनको शरीरको पोस्टमार्टम गर्ने तयारी भइरहेको छ । सिद्धार्थले बलिउड फिल्महरू सँगै केही भारतीय सिरियलहरूमा पनि काम गरेका छन् ।