काभ्रेको रोशी गाउँपालिका ७ मा पहिरोले मोेटरसाईकल पुरिदा एककोे मृत्यु
भदौ १३, २०७८, आइतबार | साँझ ०४:०९ बजे | 5
वीपी राजमार्गमा अन्तर्गत काभ्रेको रोशी गाउँपालिका ७ मा पहिरोले मोेटरसाईकल पुरिदा एक जनाकोे मृत्यु भएको छ । काठमाडौँबाट जनपुरतर्फ जाँदै गरेको ज ८ प ७४०९ को मोटरसाइकलमा सवार २ जना मध्ये १ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरी रोमगोपालपुरका सरोज कुमार साह रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी हरी खतिवडाले जानकारी दिए ।
सोही मोटरसाइकलमा सवार जनकपुरका सचित कुमार साहको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको डिएसपी खतिवडाले जानकारी दिए ।