अजमल अन्सारी
सुनसरी। जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा फैसला भई कैद वा जरिवाना तोकिएपनि फछ्यौट नगरि फरार रहेका ८३ जनालाई एकैदिन जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार एकैदिन कैद तथा जरिवना तोकिएका ८३ जना फरारहरुलाई पक्राउ गरिएको हो । अदालतले गरेको फैसला कार्यान्वयन गर्ने क्रममा उनीहरु एकैदिन पक्राउ परेका हुन् । सुनसरी प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई अदालतमा पेश गरिएको थियो ।

चालु आर्थिक बर्षमा बुधबार पक्राउ परेका ८३ जनासहित कुल ३८३ जना फरारहरु पक्राउ परेका छन् । उनीहरुको अदालतको अभिलेख अनुसार ८० बर्ष २ महिना २३ दिन कैद सजाय फछ्यौट भएको छ भने १४ लाख ८९ हजार ५०० जरिवना पनि असुल फछ्यौट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सन्जयसिंह थापाले बताउनुभयो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा गर्भपतन, मानव वेचबिखन, सवारी ज्यान, लागुऔषध, जर्बजस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्ध विच्छेद, भ्रष्टचार, गालीबेइज्जती लगायतका मुद्दा छन् ।

यस अघिपनि जिल्ला प्रहरी कार्यालय सुनसरीले एक महिना फरारी अभियानमा विषेश सुराकीको अधारमा २३८ जना फरार अभियुक्तहरुलाई पक्राउ परेको थियो। पक्राउ पर्नेमा ५५ जना महिला र १ सय ८३ जना पुरुष रहेको थियो।
...

All Comments.......


Please Login/Register To Comments