भक्तपुरमा बम फेला , किन र कसले राख्यो बम ?
भदौ ६, २०७८, आइतबार | विहान ०७:५६ बजे | 5
घटना बिवरणः– मिति २०७८÷०५÷०५ गते अन्दाजी १८ः५० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं. ४ मा शिबशरण भुजुले संचालन गरेको दिब्येश्वरी गेष्ट हाउसको पहिलो तलाको ४ नं. कोठामा पुरानो कुकरमा नाङ्गो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद् चिज बस्तु फेला परेको भन्ने जानकारी प्राप्त ।
अनुसन्धानः– तत्कालै घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरका प्र.ना.उ. नरहरी रेग्मी सहिको अनुसन्धान टोली पुगी नेपाली सेनाको बम डिस्पोजल टोली समेत झिकाई सोहि राति २२ः२० बजेको समयमा शंकास्पद् बस्तुलाई निस्कृय पार्दा बिष्फोटक पदार्थ फेला नपरेको, होक्स बम भएको उक्त कुकर भित्र ब्याट्री तार राखी बिजुलीको प्लगमा जोडेको पाईएको ।
पक्राउः– मिति २०७८÷०४÷३२ गतेबाट दिब्येश्वरी गेष्ट हाउसको ११० नं. को कोठामा बुद्ध चित्रको माला बेच्न बसेको जिल्ला काभ्रेपलाञ्चोक तेमाल गा.पा. वडा नं. २ डाडाँगाउ स्थायी घर भएका बर्ष ३२ का नबिन तामाङले आफ्नै घरबाट ल्याएको प्रेसर कुकरलाई होक्स बम बनाएर गेष्ट हाउसमा राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ।
बम राख्नु पर्ने कारणः– दिब्येश्वरी गेष्ट हाउसका संचालक शिबशरण भुजुले खाएको बसेको रकम रु. ४०,०००÷– (अक्षरुपी चालिस हजार) पटक–पटक मागेको र निज नबिन तामाङसंग पैसा नभएकोले गेष्ट हाउस संचालकलाई तर्साउनको लागी उक्त होक्स बम बनाएर राखेको खुल्न आएको । घटना सम्बन्धमा थपः अनुसन्धान भईरहेको ।