भक्तपुरको भेलुखेलबाट दसजना जुवाडे पक्राउ
साउन २९, २०७८, शुक्रबार | दिउँसो १२:२६ बजे | 0
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ५ भेलुखेलस्थित सुजित देउलाले संचालन गरेको स्कुलनर्स पुल हाउसभित्र जुवा खेलिरहेको अवस्थामा प्रहरीले दस जनालाई पक्राउ गरेको छ । उत्तम देउला समेतका मानिसहरुले नगद धनमालको बाजी राखी हारजित हुने गरी पुल (जुवा) खेलिरहेका र पुल हाउस संचालकले सो जुवा खेलाई रहेका छन् भन्ने बिशेष सूचनाको आधारमा उक्त स्थानमा तत्काल महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्र.नि.वासु खरेलको कमाण्डमा प्रहरी टोली खटि गई रितपूर्वक पुल हाउसभित्र खानतलासी गर्दा १० जना मानिसहरु पुलको वरीपरी उभिएर नगद धनमालको हार जित हुने गरी बाजी राखि पुल (जुवा) खेलिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा पुल हाउस संचालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ७ भेलुखेल बस्ने वर्ष २९ को सुजित देउला, भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ७ भेलुखेल बस्ने वर्ष ३६ को सरज देउला, सोही स्थान बस्नेहरु क्रमश वर्ष ३६ को उत्तम देउला, वर्ष ३३ को सुनिल देउला, वर्ष ५६ को पुर्ण भगत, वर्ष ४८ को शंकर पोडे, वर्ष ४१ को बासुलाल पोडे, वर्ष २५ को विक्रम अवाल, भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ६ सूर्यविनायक बस्ने वर्ष २४ को धिरेन कुरुन्जु र काभ्रे बेथान चोक गाउपालिका वडा नं. ५ कामीडाँडा घर भई हाल भक्तपुर जिल्ला सूर्यविनायक न.पा. वडा नं. ८ आदर्श बस्ने वर्ष २९ को दिनेश लामा रहेका छन ।
उनीहरुलाई तत्काल कानून बमोजिम पक्राउ गरी खेलमा प्रयोग भएको नेपाली रुपैया विभिन्न दरका गरी जम्मा एक लाख उनानब्बे हजार आठ सय पचास, खेलेको ५२ पत्ती तास, पुलको बल थान १६, स्टिक थान १, पुल चक थान १ र पुलको बल मिलाउने काठको त्रिभुज आकारको फ्रेम थान १ समेत रित पूर्वक बरामद गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । पुल हाउस संचालक सुजित देउलाले पुल (जुवा) खेल्ने आवश्यक सामाग्री र ठाउँ उपलब्ध गराई जुवा खेलाई सोको बहाल उठाई रहेको भन्ने समेत अनुसन्धानको क्रममा खुलेको हुँदा सुजित देउलासहित १० जना र बरामद भएका सामानहरु महानरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा राखी शुक्रबार जुवा सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन भक्तपुरमा पेश गरी दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान कार्य भइ रहेको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए ।