दुर्घटना पश्चात फरार भएका सवारी चालक पक्राउ”
साउन २७, २०७८, बुधबार | दिउँसो ०१:०४ बजे | 5
२०७८÷४÷२३ गते अन्दाजी २०ः१७ बजेको समयमा जिल्ला भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं. ८ आदर्शचोक स्थित अरनिको राजमार्गमा जगातीबाट सल्लाघारी तर्फ जाँदै गरेको प्रदेश ३–०२–०१० प ४८४६ नं को स्कुटीले पैदल यात्री एकिन नाम थर वतन नखुलेको अं ३०।३२ बर्षको पुरुष ब्यक्तिलाई ठक्कर दिई गम्भीर घाईते भएको छ भन्ने खबर प्राप्त हुनासाथ नजिकै रहेको प्रहरी टोलीले तत्कालै घाईतेलाई उपचारको लागी डा. ईवामुरा अस्पताल सल्लाघारी भक्तपुर लगेकोमा उपचारकै क्रममा ऐ.२१ः०५ बजे सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको । ठक्कर दिई फरार रहेको स्कुटी र चालकको खोजतलास गर्ने क्रममा मिति २०७८÷०४÷२७ गते अन्दाजी १०ः०० बजेको समयमा लुकाई छिपाई राखेको अवस्थामा स्कुटी र स्कुटी चालक जिल्ला काभ्रेपलाञ्चोक नाग्रे गगर्चे गा.पा. १ घर भएका बर्ष ४३ को अनिल शाक्यलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला ललितपुर ग्वार्कोबाट नियन्त्रणमा लिई वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान भईरहेको । साथै मृतक पुरुष ब्यक्तिको आफन्त समेतको खोजतलास कार्य भईरहेको ।
२. मिति २०७८÷०४÷२४ गते राती अन्दाजी २३ः०५ बजेको समयमा जिल्ला भक्तपुर सुर्यबिनायक नगरपलिका वडा नं. ८ जगाती हनुमान पेट्रोल पम्प नजिक अरनिको राजमार्जमा साँगाबाट सुर्यबिनायक तर्फ आउदै गरेको अल्फाबेट नम्बर नखुलेको सेतो रंगको भाडाको बसले पैदल यात्री जिल्ला सप्तरी राजबिराज न.पा. घर भई हाल जिल्ला काठमाण्डौ बालुवाटार बस्ने बर्ष १५ को सरोज कुमार सदालाई ठक्कर दिई घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ नजिकै रहेको प्रहरी टोलीले घाईतेलाई तत्काल उपचारका लागी डा.ईवामुरा अस्पताल सल्लाघारी भक्तपुर लगेकोमा उपचार भई उपचार पश्चात मिति २०७८÷०४÷२५ गते घाईते डिस्चार्ज भएको । दुर्घटना पश्चात फरार रहेको बस र चालकको सम्बन्धमा सुक्ष्म अनुसन्धान गर्दा बा ३ ख ९१७२ नं. को भाडा बस भन्ने खुल्न आएको हुँदा प्र.नि. सुदन के.सी.को कमाण्डको प्रहरी अधिकृतको टोलीले निम्न लिखित वतनको बस चालक बिरेन्द्र बस्नेतलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट थप अनुसन्धान कार्य भईरहेको ।
निम्नः–
बस चालक रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं. २ स्थाई घर भई हाल काठमाण्डौ जडीबुटी बस्ने बर्ष २८ को बिरेन्द्र बस्नेत ।