चापाघाटमा यात्रुवाहक बस पल्टिंदा ६ घाइते


साउन २५, २०७८, सोमबार | विहान १०:२२ बजे | 0


चापाघाटमा यात्रुवाहक बस पल्टिंदा ६ घाइते

बिराज अधिकारी
व्यास ५ चापाघाटमा यात्रुवाहक बस पल्टिंदा ६ घाइते भएका छन्।
पोखराबाट दमौली आउँदै गरेको ग १ ख ४२१५ नम्बरको यात्रबाहक बस चापाघाट मोडबाट पल्टिएर तल खसेको थियो ।
घटनामा परी घाइतेको रतनहरी, एपोलो र दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते मध्ये दुई गम्भीर छन् । ट्रकलाई साईड दिने क्रममा घटना घटेको प्रत्यक्षदर्शीले जनाएका छन्।

Comments