मोटर साईकल ट्याक्टर ठक्कर खाँदा आमा र छोरा घाईते
साउन २१, २०७८, बिहीबार | विहान ११:०५ बजे | 5
बिराज अधिकारी
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका– ४ मनहरीमा विहीबार दिउँसो १२ः २५ बजे मोटर साईकल ट्याक्टर ठक्कर खाँदा आमा र छोरा घाईते हुनु भएको छ ।
मोटर साईलकमा सवार चालक गोरखाको गोरखा नगरपालिका– ११ बाह्रकिलो बस्ने बर्ष ३८ को दामबहादुर थापा र पछाडी बस्ने उहाँको आमा अन्दाजी ६०, ६५ वर्षकी तिलककुमारी थापा घाईते हुनु भएको प्रहरीले जनाएको छ । पोखराबाट दमौली जाँदै गरेको बा ९६ प ८०८२ नं. को मोटर साईकल. र बिपरित दिशाबाट आउँदै गरेको ना ६ त १०५५ नं. को ट्याक्टर ठक्कर खाँदा सो दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिनुभयो ।
शरिरको विभिन्न भागमा चोट लागेको उहाँहरु दुवै जना बोल्न नसक्नु भएको उपचारको लागी पोखरा पठाइएको ट्राफिक प्रमुख हमालले जानकारी दिनुभयो ।