सार्वजनिक स्थानमा महिलाहरुलाई हैरानी दिने व्यक्ति पक्राउ


असार १७, २०७८, बिहीबार | विहान ०५:१६ बजे | 0


भक्तपुर जिल्लाको कमलबिनायक, आदर्श चोक लगायतका सार्वजनिक स्थानको भित्री सडक खण्डको एकान्त स्थानमा हिडडुल गरिरहेको महिलाहरुलाई मोटरसाईकलमा चढेर आएको ब्यक्तिले चिमोट्ने, धाप मार्ने, संबेदनशिल अंगमा समाउने, जिस्काउने, हैरानी दिने महिलालाई एकान्त ठाँउमा आफ्नो यौनाङ्ग देखाउने लगायतका कार्यहरु गरेको भनि महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा पीडित महिलाहरुले मिति २०७८÷०१÷११ गते, २०७८÷०१÷१२ गते, २०७८÷०१÷१५ गते, २०७८÷०२÷१० गते, २०७८÷०३÷०१ गते र २०७८÷०३÷१० गते यस्ता क्रियाकलापहरु गरेको भनी हुलिया सहितको निवेदन दिएको हुँदा सोही हुलियाको आधारमा कसुरदार ब्यक्ति खोजतलास गर्न महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी अधिकृत सहितको टोली शंकित ठाँउमा परिचालन गर्दै खोजतलास गर्ने क्रममा मिति २०७८÷०३÷१५ गते भत्केको पाटीमा उक्त हुलियासंग मिल्ने निम्न वतन भएको बर्ष ३६ को चमार सिं तामाङलाई फेला पारी पीडित महिलाहरुलाई सनाखत गराउदा कसुरदार ब्यक्ति यहि हो भनी सनाखत गरिदिएको हुँदा निजलाई निजको कसुर अनुसार अभद्र ब्यवहार र सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको ।
यसरी निज कसुरदारलाई कानून बमोजिम नियन्त्रणमा लिईसकेपछि अन्य पीडित महिलाहरुबाट पनि जाहेरी दरखास्त आउने क्रम जारी रहेको हुँदा अन्य महिलाहरु पनि निज चमार सिं तामाङबाट पीडित भएको भन्ने बुझिएको । महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट थप अनुसन्धान भईरहेको ।
निम्नः–
१) जिल्ला रामेछाप सुनापती गाँउपालिका वडा नं. ५ रुपाकोट स्थायी घर भई हाल भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायक बस्ने बर्ष ३६ को चमार सिं तामाङ ।

Comments