बर्ष १२ की बालिकामाथि दिउँंसै बलात्कार


असार १४, २०७८, सोमबार | विहान ०८:३७ बजे | 5


बर्ष १२ की बालिकामाथि दिउँंसै बलात्कार

मिति २०७८÷०३÷१३ गते दिनको अं १५ः०० बजेको समयमा जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. ९ कमलबिनायक स्थित डेरा कोठामा बसिरहेको अवस्थामा जिल्ला दोलखा बैतेश्वर गाऊँपालिका वडा नं.०४ स्थायी वतन भई हाल जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. ९ चोखा बस्ने बर्ष–३२ को बसन्त दमाईले घरमा कोही नभएको मौका पारी पिडित बर्ष १२ की बालिकालाई ललाई फकाई जवरजस्ती करणी गरेको भनि पिडितको आमाले मिति २०७८÷०३÷१३ गते साँझ महानगरीय प्रहरी बृत्त जगाती भक्तपुरमा किटानी जाहेरी दरखास्त दिएको हुँदा कसुरदार बसन्त दमाईलाई मिति २०७८÷०३÷१३ गते नै कानून बमोजिमज पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।

Comments