सवारी साधन चोरी गर्ने व्यक्तिहरु पक्राउ


असार १३, २०७८, आइतबार | विहान ०५:३७ बजे | 5


सवारी साधन चोरी गर्ने व्यक्तिहरु पक्राउ

भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायक डेरा गरी बस्ने लक्ष्मण बहादुर बि.क.को डेरा कोठाबाट भे ७ प ४४१३ नं. को मोटरसाईकल हराएको भनी मिति २०७८÷०२÷३१ गते महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा निबेदन पर्न आएको हुँदा खोजतलास गर्ने क्रममा मिति २०७८÷०३÷१२ गते महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरी निरीक्षक सुर्य बहादुर शाहीको कमाण्डमा खटिएका प्रहरी टोलीले गोप्य सूचनाको आधारमा मोटरसाईकलको नम्बर परिवर्तन गरी चलाएको अवस्थामा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ८ लिवालीबाट मोटरसाईकल चोरी गर्ने कसुरदार निम्न ४ जना व्यक्तिहरुलाई चोरी भएको भे ७ प ४४१३ (परिवर्तित नम्बर बा ७१ प ४७०३) मोटरसाईकल सहित नियन्त्रणमा लिई अनुसन्धान गर्दा किर्तिपुर न.पा. १५ बस्ने रबीन्द्र नेपालको बा ३६ प १५८८ नम्बरको स्कुटर समेत चोरी गरी निम्न ब्यक्तिहरुलाई बेचेको भनी समेत खुल्न आएको हुँदा चोरीको स्कुटर खरिद गर्ने निम्न २ जना व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।
मोटरसाईकल चोरी गर्ने ब्यक्तिहरु (पक्राउ)
१) जिल्ला धादिङ थाक्रे गा.पा. ७ स्थाई घर भई हाल भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ०८ बस्ने वर्ष २८ को सुमन भन्ने अर्जुन तमाङ ।
२) जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं. २ दत्तात्रय स्थाई घर भई हाल ऐ. भक्तपुर नगरपालिका वडा नं. ०८ लिवाली बस्ने वर्ष १९ को  वैद्य भन्ने विजय ह्याङ्जु ।
३) जिल्ला दोलखा साबिक भुसाफेदा गा.वि.स. वडा नं. ०६ हाल ऐ. सैलुङ गा.पा. वडा नं. २ स्थाई घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. ०६ सुन्दरबस्ती बस्ने वर्ष २९ को दिनेश तामाङ वाईबा ।
४) भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ८ लिवाली घर भएका वर्ष २० साईन भन्ने रमेश कोजु ।
चोरीको स्कुटर खरिद गर्ने ब्यक्तिहरु (पक्राउ)
१) जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका वडा नं. ०४  स्थाई घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. १० पलाँसे बस्ने बर्ष २३ को अविनाश तामाङ  ।
२) जिल्ला दाङ लमही स्थाई घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. १० पलाँसे बस्ने वर्ष २२ को आकाश मगर ।

Comments