मृत अवस्थामा फेला


असार १५, २०७७, सोमबार | विहान ११:४१ बजे | 10


भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ४ गहिटीस्थित सार्वजनिक पाटीमा एकिन वतन नखुलेको अन्दाजी बर्ष ४५ को जडिबुटी उपनामले चिनिने कृष्ण तामाङ आइतबार मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी परिसरको कार्यालय भक्तपुरबाट प्रहरी निरीक्षक भगवती तिमल्सिना र अपराध महाशाखाबाट प्रहरी निरीक्षक किशोर ढुंगानाको संयुक्त अनुसन्धान टोली घटनास्थलमा खटी गई अनुसन्धान गर्दा निज मृतकको टाउको, निधार र चिउडोमा चोट लागेको देखिएकोले कर्तब्य गरी मारिएको कुरा खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनापछि तत्काल कर्तब्य गरी मार्ने अभियुक्तहरुलाई खोजतलास गर्ने क्रममा सिन्धुली साविक लाम्पानटार गाविस वडा नं. ६ हाल सिन्धुली तिनपाटन गाउँपालिका घर भई हाल सोही गहिटी एरियामा बसी ज्याला मजदुरी काम गर्ने  बर्ष ३० को ईन्द्रबहादुर तामाङले आपसी विवाद हुँदा ढुंगाले टाउकोमा प्रहार गरी कर्तब्य गरी मारेको भन्ने खुल्न आएको हुँदा निजलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर, भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको परिसरले जनाएको छ । मृतकको हुलिया (मङ्गोलियन अनुहार भएको, उचाई ५ फिट २ ईन्च, बर्ण गहुँगोरो, निलोमा सेतो धर्सा भएको टिसर्ट, कालो पाइन्ट, सेतो रंगको मोजा लगाएको प्रहरीले जनाएको छ ।

Comments