धुलिखेलबाट अप्रहरण गरी भक्तपुरको गेष्ट हाउसमा जबजस्ती करणी गर्ने अभियुक्त पक्राउ


असार ७, २०७८, सोमबार | विहान ०६:०९ बजे | 15


धुलिखेलबाट अप्रहरण गरी भक्तपुरको गेष्ट हाउसमा जबजस्ती करणी गर्ने अभियुक्त पक्राउ

किशोरीमाथि जबजस्ती करणी गर्ने एक पुरुष पक्राउ भएको छ। काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नं. ८ बस्ने बर्ष २३ को जयराम चौलागाईलाई पक्राउ गरिएको हो। धुलिखेलबाट अप्रहरण गरी भक्तपुरको गेष्ट जबजस्ती करणी गर्ने एक जना अभियुक्त पक्राउ गरिएको प्रहरीले बताएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी दिपक गिरीले अभियुक्त चौलागाईलाई खोजतलास क्रममा काठमाडौंको सुन्धारा एरियामा फेला पारी कानून बमोजिम नियन्त्रणमा लिएको बताए।  सुचना अधिकारी गिरीले भक्तपुर नगरपालिका वडा नं. ४ स्थित गेष्ट हाउसमा खाजा नास्ता खाने बाहानामा लगी ललाई फकाई, डर धम्की दिई जबरजस्ती करणी गरेको भनी पीडित बालिकाले खुलाई जानकारी गराए।
शनिबार काभ्रेपलञ्चोक धुलिखेल नगरपालिका वडा नं. ८ घर भएकी १५ वर्षकी बालिका हराएको थियो। उनका आमाले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दिएको निबेदन दिएका थिए।

Comments