यसो भएको छ भक्तपुरको ताथलीमा
असार ५, २०७८, शनिबार | साँझ ०४:५४ बजे | 10
भक्तपुर । मिति २०७८÷०३÷०४ गते अन्दाजी ११ः०० बजेको समयमा जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ९ ताथली बस्ने राजु मछेको छोरा वर्ष १० को रोजन मछे हराएको र आसपास वरिपरि जान सक्ने ठाँउ तथा निजको साथीभाई समेत संग बुझ्दा समेत फेला नपरेको, मौखिक जानकारी प्रहरीलाई समेत दिई खोजतलास गर्दै जाँदा मिति २०७८÷०३÷०५ गते अन्दाजी ०१ः२० बजेको समयमा घरको नजिकै रहेको सेतो बि.एम ईट्टा भट्टाको कम्पाउण्डमा रहेको खाल्डोमा पानी जमेको पोखरीमा बाँस भित्र छिराई पोखरीको पानी हल्लाउदा रोजन मछेको लाश पानीमा तैरिएको, उक्त स्थानमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्र.नि. सुर्य बहादुर शाहीको कमाण्डको अनुसन्धान अधिकृतको टोली खटी गई घटना स्थल तथा लाश जाँच मुचुल्काको कार्य सम्पन्न गरी मृतक लाशलाई पोष्ट्मार्टमको लागी केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाईएको । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।