के भएको हो यस्तो ?


असार ३, २०७८, बिहीबार | विहान ०३:४६ बजे | 30


के भएको हो यस्तो ?

मिति २०७८÷०३÷०२ गते अन्दाजी २२ः५१ बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ चारदोबाटो स्थितमा काठमाण्डौबाट भक्तपुर तर्फ आउदै गरेको बा ७७ प ५६०५ नं को मोटरसाईकल आफै अनियन्त्रित भई सडक बिचमा रहेको आईल्याण्डमा ठक्कर खाई दुर्घटना भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ नजिकै रहेको प्रहरी टोलीले मोटरसाईकलमा सवार निम्न मानिसहरुलाई उपचारको लागी नागरिक अस्पताल गठ्ठाघर भक्तपुर पठाई प्रारम्भिक उपचार पश्चात थप उपचारका लागी त्रि.बि. शिक्षण अस्पाल महारागंज काठमाण्डौ रिफर गरिएकोमा उपचारकै क्रममा मिति २०७८÷०३÷०३ गते राति अन्दाजी ०२ः३० बजेको समयमा मोटरसाईकल चालक जिल्ला सोलुखुम्बु चौलाखर्क ३ घर भई हाल जिल्ला काठमाण्डौ काडाघारी बस्ने  वर्ष २७ को रमेश कुमार बस्नेतको उपचारकै क्रममा मृत्यु भएको अन्य २ जनाको त्रि.बि. शिक्षण अस्पताल महाराजगंज काठमाण्डौमा थप उपचार भईरहेको । थप अनुसन्धान कार्य भईरहेको ।
निम्नः
१) मोटरसाईकल चालक जिल्ला सोलुखुम्बु चौलाखर्क ३ घर भई हाल जिल्ला काठमाण्डौ काडाघारी बस्ने  वर्ष २७ को रमेश कुमार बस्नेत  (ऐ.०३÷०३ गते  ०२ः३० बजे मृत्यु भएको)
२) मोटरसाईकल पछाडी सवार जिल्ला उदयपुर ताप्ले गाउपालिका ५ घर भई हाल ऐ.काडाघारी बस्ने वर्ष २२ को लोकेन्द्र मग्राती । (त्रि.बि. शिक्षण अस्पाल महारागंज काठमाण्डौमा उपचार भईरहेको)
३) ऐ. मोटरसाईकल पछाडी सवार जिल्ला सिन्धुली तिनपाटन गाउपालिका वडा नं. ५ घर भई हाल ऐ. काडाघारी बस्ने वर्ष २५ को अमित जैरु । (त्रि.बि. शिक्षण अस्पाल महारागंज काठमाण्डौमा उपचार भईरहेको)

Comments