दुई जना नावालिकाहरुलाई जवरजस्ती गरेको आरोपमा मुद्धा


असार ११, २०७७, बिहीबार | विहान ११:३५ बजे | 10



भक्तपुर । दुई छुटाछुटै स्थान र मितिमा दुई जना नावालिकाहरुलाई जवरजस्ती गरेको आरोपमा प्रहरीले दुईजना पुरुषहरुलाई पक्राउ गरी मुद्धा चलाएको छ ।  २०७७ असार ४ गते दिउँसोको समयमा नाबालक बर्ष १४ कीलाई ललाईफकाई आर्थिक प्रलोभनमा पारी मध्यपुर ठिमी नगरपालिका  वडा नं. ९ निलबाराही जंगलमा लगी काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउपालिका वडा नं. १ बस्ने बर्ष २१ को सोमराज परियारले जबरजस्ती करणी गरेको भन्ने पिडित बालिकाको आमाले दिएको किटानी जाहेरी दरखास्तको आधारमा उनलाई असार ५ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । निज सोमराज परियारलाई पक्राउ गरी कानूनी प्रकृया पुरा गरी जिल्ला अदालत भक्तपुरबाट दिन १० (दश) को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
यस्तै २०७७ जेठ ३१ गते दिउँसोको समयमा नाबालक बर्ष १३ की नावालिकालाई ललाईफकाई आर्थिक प्रलोभनमा पारी चाँगुनारायण नगरपालिका १ दुवाकोट बेसीमा आफ्नै कोठामा लगी रुकुम जिल्ला भुमे गाउँपालिका वडा नं. ९ बस्ने बर्ष ३५ को जबर खड्काले जबरजस्ती करणी गरेको भन्ने पिडित बालिकाको हजुरआमाले दिएको किटानी जाहेरीको आधारमा निज जबर खड्कालाई  २०७७ असार ६ गते पक्राउ गरी कानूनी प्रकृया पुरा गरी जिल्ला अदालत भक्तपुरबाट दिन १० (दश) को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको परिसरका सूचना अधिकृत कृष्ण गिरीले जनाए ।

Comments