टिपरको ठक्करबाट स्कुटर चालक सुवालको मृत्यु
बैशाख २७, २०७८, सोमबार | विहान ०९:३५ बजे | 10
भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालको मृत्यु भएको छ। सुर्यबिनायक नगरपालिका वडा नं. ८ जगाती बस्ने ४० वर्षीयराजाराम सुवालको मृत्यु भएको हो।
बैशाख २६ गते राती अन्दाजी २२ः२५ बजेको समयमा जिल्ला भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं. ६ सुर्यबिनायक स्थित अरनिको राजमार्गमा जगातीबाट सुर्यबिनायकतर्फ जादै गरेको लु २ ख ४५८८ नं. को टिपरले बिपरित दिशातर्फ आउदै गरेको बाग्मती प्रदेश ०२–०२४ प १६८४ नं. को स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक जिल्ला भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं. ८ जगाती बस्ने बर्ष ४० को राजाराम सुवाल गम्भीर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी खटी गई घाईतेलाई तत्कालै उपचारका लागी डा. ईवामुरा अस्पताल सल्लाघारी भक्तपुर लगिएकोमा प्राथमिक उपचार पश्चात थप उपचारका लागी ऐ. २३ः२५ बजेको समयमा अन्नपुर्ण न्युरो अस्पताल माईतीघर काठमाण्डौ रिफर गरिएकोमा उपचारकै क्रममा बैशाख २७ गते अन्दाजी १३ः१० बजेको समयमा सम्बन्धित चिकित्सकले मृत घोषणा गरिएको । सवारी साधन र सवारी साधन चालक जिल्ला लमजुङ बेशीशहर गाँउपालिका वडा नं. ११ घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं. १३ साँगा बस्ने बर्ष ३५ को टार्जुन गुरुङ महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको । थप अनुसन्धान भईरहेको जनाएको छ