सिपाडोलमा पोलमा साइकल ठोक्किएर एकजनाको मृत्यु, अर्काे घाइते


बैशाख २६, २०७८, आइतबार | दिउँसो ०१:०४ बजे | 5


भक्तपुरको सिपाडोलको टाउन प्लानिंग (जग्गा एकीकरण आयोजना) भित्र साइकल चढने क्रममा पोल (लठा) मा ठोकिएर एकजनाको मृत्यु भएको छ । घटनामा परी अर्का एकजना घाइते भएका छन् । घाइतेको थप उपचारका लागि अस्पताल लगिएको बताइएको छ ।
जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलस्थित कालोपत्रेसमेत भइसकेको जग्गा एकीकरण आयोजनाभित्र तीव्र गतिमा साइकल चलाउने क्रममा लठामा ठोकिएको जनाइएको छ । दुर्घटनापछि टाउकोमा चोट लागेर टाउकोबाट  रगत भुईभरि वगेको देखिएको छ ।

Comments