एकै परिवारका ३ जना आफ्नै डेरामा अचेत अवस्थामा फेला, एकको मृत्यु


बैशाख २१, २०७८, मङ्गलबार | विहान ०६:३५ बजे | 10


एकै परिवारका ३ जना आफ्नै डेरामा अचेत अवस्थामा फेला
भक्तपुरमा एकै परिवारका ३ जना आफै डेरामा अचेत अवस्थामा फेला परेका छन। तीन जनामा एकजनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। काभ्रेपलाञ्चोक तिमाल गाँउपालिका ३ गुडुवाल घर भई हाल ऐ. सुर्यबिनायक न.पा. १० मिलन चोक डेरा गरी बस्ने वर्ष २२ की सुनिता तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएका छन।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरिक्षक दिपक गिरीले अचेत अवस्थामा मृतककी आमा वर्ष ४० की शान्ती माया ब्लोन तामाङ, बहिनी वर्ष १८ की अनिता तामाङलाई उपचार भईरहेको बताए। मध्यपुर अस्पतालमा उपचार भईरहेको उनले जानकारी गराए। अनुसन्धानको क्रममा घटना स्थलको प्रकृति हेर्दा अनिता तामाङले सुत्केरी भएकोले सुत्केरीलाई सेकताप गर्न मकलमा बालेको कोइला रहेको, कोठा सम्पुर्ण झ्याल ढोका भित्रबाट बन्द अवस्था रही प्रयाप्त मात्रामा अक्सिजन नभएकोले अचेत अवस्थामा भएको भनी अनुमान गरेका छन। अस्पताल जानकारी भए अनुसार निजहरुको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको तर राम्ररी बोल्न नसक्ने अवस्थामा रहेका खुल्न उनले बताए।
घटना विवरण
मिति २०७८ बैशाख १९ गते अन्दाजी २३ः०० बजेको समयमा सलाम तामाङले  भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. १० मिलन चोक स्थित वर्ष ६२ को कान्छा नाखुसीको ३ तले पक्की घरको भुईतलामा डेराकोठामा बस्ने आफ्नो श्रीमती शान्तीमाया ब्लोन तामाङलाई फोन सम्पर्क गर्दा नउठेपछि सोनाम तामाङलाई फोन गरी आफ्नो श्रीमतीको फोन नउठेको के किन हो गएर बुझ्न आग्रह गरे। पछि निज सोनाम तामाङ उक्त स्थानमा पुगी हेर्दा ३ जना व्यक्तिहरु आफ्नै कोठाभित्र बेहोस अवस्थामा देख्नासाथ प्रहरीलाई खबर गरेको र उक्त खबर प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्र.नि. सागर कार्की सहित खटिएको प्रहरी टोली उक्त घटनास्थलमा पुगी हेर्दा उक्त कोठाको सम्पुर्ण झ्याल र ढोका भित्रबाट बन्द अवस्थामा रहेकोले स्थानियको सहयोगमा झ्याल ढोकाको चुकुल फोडी हेर्दा मुखबाट फिज काटी बेहोस अवस्थामा फेला पारी तत्काल उपचारको लागी मध्यपुर अस्पताल ठिमी भक्तपुर लगिएकोमा उपचारकै क्रममा ऐ. राती ००ः१० बजेको समयमा मृत्यु भएको थियो।
हालसम्मको अनुसन्धानको क्रममा घटना स्थलको प्रकृति हेर्दा अनिता तामाङले मिति २०७८÷०१÷१९ गते सुत्केरी भएकोले सुत्केरीलाई सेकताप गर्ने प्रयोजनार्थ मकलमा बालेको कोइला रहेको, कोठा सम्पुर्ण झ्याल ढोका भित्रबाट बन्द अवस्था रही प्रयाप्त मात्रामा अक्सिजन खेल्न नसक्ने अवस्थामा रहेको, जुठा भाडाहरु सहित पकाएको भाडाहरुमा दाल, भात, तरकारी रहेको, मोबाईलहरु बेड नजिक मृतकका आफन्तहरुसंग बुझ्दा अनिता तामाङले जन्माएको बच्चा ऐ. मितिको बेलुका भान्जा पर्ने सोनाम तामाङको साथी जेम्स कुसुलेको जेठान दाई र दिदिलाई पालन पोषणको लागी जिम्मा दिएको र मृतक सुनिता तामाङ र घाईते अनिता तामाङको बैबाहिक सम्बन्ध राम्रो नरहेकोले आफ्नै आमासंग बस्दै आएको भन्ने बुझिएको, उक्त घटना सम्बन्धमा मृतकको बुबा सलाम तामाङले मिति २०७८÷०१÷२० गते महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा आई प्रकार नखुलेको फुटकर ज्यान मुद्दा शिर्षकमा जाहेरी दरखास्त दिएको, मृत लाशलाई पोष्टगमार्टमका लागी काठमाण्डौ मेडिकल कलेज दुवाकोट भक्तपुरमा लगी पोष्टमार्टम पश्चाटत लाश सतगतका लागी मृतकको बुबा सलाम तामाङलाई जिम्मा दिईएको, मृत लाशको रगत र भिषेरा समेत निकाली परिक्षणका लागी पठाउने प्रयोजनार्थ राखिएको, उक्त घटनामा समेत बेहोस भएका अन्य २ जना ब्यक्तिहरुको सम्बन्धमा अस्पताल श्रोतबाट जानकारी भए अनुसार निजहरुको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको, राम्ररी बोल्न नसक्ने अवस्थामा रहेका खुल्न आएको । तत्कालको घटनास्थलको प्रकृति, घाईतेको अवस्था र सोधपुछबाट हेर्दा कोठाका सम्पुर्ण झ्याल ढोका बन्द गरी सुत्केरीलाई सेक्न मकलमा कोईला बालेको कारण आवश्यक मात्रामा अक्सिजनको कमीले गर्दा निस्सासिएर उक्त घटना भएको हुन सक्ने देखिएको अन्य आवश्येक अनुसन्धान कार्य भईरहेको ।

Comments