सवारी दुर्घटनामा एकको मृत्यु


बैशाख ९, २०७८, बिहीबार | विहान ०५:३५ बजे | 0


भक्तपुरको मध्यपुर ठिमीमा सवारी दुर्घटनमा एकको मृत्यु भएको छ। कैलाली चटकपुर घर भई हाल भक्तपुर पुरानोठिमी बस्ने बर्ष ४२ को पदम राज पाठकको मृत्यु भएको हो।
मध्यपुर ठिमी नगरपालिका २ सानोठिमी प्रभाग अगाडी राजमार्गमा पेप्सीकोलाबाट सानोठिमीतर्फ आउदै गरेको रा २ प ४४३७ नं. को मोटरसाईकल र मगरगाँउबाट पेप्सीकोलातर्फ जादै गरेको बा ३ ख ४४६५ नं.को टिपर एक आपसमा ठक्कर खाई दुर्घटना भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिए। गिरीले मोटरसाइकल पछाडी बसेका पाठकको उपचारको क्रममा मृत्यु भएको बताए। मोटरसाइकल चालक उमेश चौधरीको न्युरो अस्पतालमा उपचार भइरहेको उनले बताए।
सवारी साधन (टिपर) र सवारी चालक जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउपालिका वडा नं. ३ घर भई हाल भक्तपुर सानोठिमी बस्ने बर्ष ३१ को राजन नेपाली महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा रहेको उनी बताउँछन्।

Comments