पानी तान्ने मेशिन चोरी गर्ने व्यक्तिलाई कुटपिट गर्दा मृत्यू


चैत २२, २०७७, आइतबार | दिउँसो ०२:३३ बजे | 0


भक्तपुर । चेैत्र २१ गते मध्यराती अन्दाजी २३ः३० बजेको समयमा भक्तपुर जिल्ला चाँगुनारायण न.पा. वडा नं. २ बर्खेपाटीमा पानी तान्ने मोटर चोरी गर्ने व्यक्ति नियन्त्रणमा लिएको भनि महानगरीय प्रहरी परिसर भक्तपुरको कन्ट्रोल रुममा जानकारी आए पश्चा त कुटपिट नगर्नु होला भनि फोन गर्ने व्यक्तिलाई सूचना दिई महानगरीय प्रहरी प्रभाग व्यासी भक्तपुरबाट प्र.ना.नि. बिर बहादुर भण्डारीको कमाण्डमा प्रहरी टोलीलाई तत्कालै खटाई पुगी हेर्दा अन्दाजी ३० बर्षको पुरुष व्यक्तिको नाकबाट रगत बगेको घाइते अवस्थामा रहेको मादक पदार्थको गन्ध पनि आइरहेको । विनोद लाखाको नजिकै रहेको च्याउ खेतीमा लगाउन बनाएको सानो पानी जम्मा भएको पोखरीमा पानी तान्ने मोटर निकाल्दै गरेको अवस्थामा विनोद लाखा समेतका व्यक्तिहरुले देखि निजलाई नियन्त्रणमा लिई कुटपिट गरी निज घाइते भएको देखिएको । निजले आफ्नो नामथर वतन जिल्ला काभ्रेपलाञ्चोक कुसादेवी बस्ने कृष्ण गुरुङ भनि विस्तारै भने पनि प्रष्टसंग बताउन नसक्ने अवस्थामा रहेको हुँदा निजलाई तत्कालै उपचार्थ भक्तपुर अस्पतालमा पठाईएकोमा उपचारकै क्रममा आज मिति २०७७÷१२÷२२ गते अन्दाजी १४ः३० बजेको समयमा मृत्यू भएको । सम्बन्धित चिकित्सकसंग निज मृत्तकको सम्बन्धमा बुझ्दा निजको दिमागमा रक्त श्राप भई मृत्यू भएको भन्ने खुल्न आएको ।
    यसरी पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला पारी कुटपिट गरी गम्भीर घाइते बनाई प्रहरीलाई खवर गर्ने निम्नलिखित ५ जना व्यक्तिहरुलाई मिति २०७७÷१२÷२२ गतेनै कानून बमोजिम नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ।
    निज जिल्ला काभ्रपलाञ्चोक कुसादेवी घर बताउने उचाई ५ फिट १ ईन्च, छोटो कपाल, पातलो शरिर, निधारको बाँया तर्फ पूरानो घाँउको खत, आकाशे निलो रंगको सर्ट, खैरो रंगको कपडाको पाइन्ट लगाएको, हेर्दा जनजाती जस्तो देखिने बर्ष अन्दाजी ३० को कृष्ण गुरुङ भनिएका व्यक्तिको आफन्त, परिवारजन हाल सम्म पनि सम्पर्कमा नआउनु भएको हुँदा संचार माध्यमबाट सम्बन्धित व्यक्ति सम्म सूचना पुर्याुईदिने व्यवस्था हुन समेत अनुरोध ।

निम्न ः–
१.    जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. २ बस्ने बर्ष ५० को टेक बहादुर के.सी. ।
२.    ऐ.ऐ. बस्ने बर्ष ३२ को नविन कोजु ।
३.    जिल्ला भक्तपुर भक्तपुर न.पा. वडा नं. ७ बस्ने बर्ष ३७ को बिनोद लाखा ।
४.    जिल्ला दोलखा भिमेश्वुर न.पा. ९ घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. २ बस्ने बर्ष ३८ को कमल खत्री (फुँयाल) ।
५.    जिल्ला सुनसरी बर्जु गा.पा. वडा नं. ३ घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा. ३ बस्ने बर्ष ३४ को सनिस कुमार राय ।

Comments