मनाव बेचबिखन तथा ओसारपसार र जवरजस्ती करणी गर्ने ५ अभियुक्त पक्राउ


चैत १९, २०७७, बिहीबार | विहान ०८:०७ बजे | 5


मनाव बेचबिखन तथा ओसारपसार र जवरजस्ती करणी गर्ने ५ जनालाई नियन्त्रणमा लिएका छन्। वर्ष १६ की नाबालिकालाई जवरजस्ती करणी गर्न लगाएको आरोपमा प्रहरीले  पक्राउ गरेको छ । आफनी छोरीलाईे काठमाडौमा कपडा पसलमा काम लगाईदिने भनि फकाइफुल्याई सुहाना तामाङले चैत १२ गते लिई गई श्यामकुमार भट्टराईसंग मिलेर काठमाडौको माकलबारीमा फ्ल्याट भाडामा लिएको कोठामा राखी होटलमा पुयाई होटलमा आएको ग्राहकसंग जवरजस्ती करणी गर्न लगाएको भन्ने आरोपमा    पक्राउ गरेको जनाएको छ । ज्याला मजदुरी गर्ने पिडित बालिकाको बाबुले चैत १८ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएको मानव बेचबिखन तथा ओसार पसार र जवरजस्ती करणीको किटानी जाहेरी दरखास्त पर्न आएको ।
सो जाहेरी दरखास्तको आधारमा ललाई फकाई लुगा कपडा पसलमा काम लगाई दिन्छु भनि अभिभावक समेतलाई विश्वोसमा पारी बालिकालाई लिएर जाने निम्न लिखित वतनको बर्ष १९ की मसेली भन्ने सुहाना तामाङ र कतै भाग्न उम्किन नदिई काठमाण्डौको माकलबारीमा फ्ल्याट भाडामा लिई बालिकाहरुलाई राखी होटलमा पुर्याीई मानव बेचबिखन तथा ओसार पसार गरी जवरजस्ती करणी गराउन लगाउने निम्नलिखित वतन भएको बर्ष २४ को सरगम भन्ने श्याम कुमार भट्टराईलाई कानून बमोजिम पक्राउ गरी निजहरु बस्ने फ्ल्याटको तलासी लिदाँ उक्त फ्ल्याटमा युवतिहरुलाई खान, बस्न, सुत्न मिल्ने गरी व्यवस्थापन गरेको, यौनसम्पर्क गर्दा आवश्यक पर्ने अस्थायी साधन समेत बरामद भएको साथै उक्त स्थानमा महिलाहरुलाई सामुहिक रुपमा राखी यौनजन्य कार्यमा लगाउने गरेको खुल्न आएको हुँदा निजहरुलाई उल्लेखित मुद्दामा भक्तपुर जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप अनुमति लिई थप अनुसन्धान गरी होटल सञ्चालक, प्रबन्धक र मिति २०७७÷१२÷१४ गते जवरजस्ती करणी गर्ने व्यक्तिको खोजतलास गर्दा निज बालिकालाई पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजल भन्ने होटलमा जवरजस्ती करणी भएको खुल्न आएकोले मिति २०७७÷१२÷१८ गते निम्न लिखित वतन भएको होटल संचालक बर्ष ५२ को प्रकाश ढुंगेल र बर्ष ३१ की मुना थापा मगरलाई कानून बमोजिम नियन्त्रणमा लिई जवरजस्ती करणी गर्ने व्यक्तीको बारेमा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका राज कुमार सुनारलाई  मिति २०७७÷१२÷१८ गते अन्दाजी २३ः३० बजेको समयमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्र.नि. भगवती तिमिल्सेनाको कमाण्डमा खटिएको टोलीले जिल्ला काठमाण्डौ गागलफेदीबाट कानून बमोजिम नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
अनुसन्धानको क्रममा सुहाना तामाङले आर्थिक अवस्था कमजोर भएका ज्याला मजदुरी गर्ने बालिका तथा युवतिहरुलाई काठमाण्डौमा कपडा पसल लगायतमा काम लगाई दिने प्रलोभनमा पारी बालिका तथा युवतिहरुलाई श्याम कुमार भट्टराईको सम्पर्कमा पुर्या उने र श्याम कुमार भट्टराईले बालिका तथा युवतिहरुलाई शहरी फेसनको कपडा खरिद गरी लगाउन लगाई खाना, बस्न सुविधाका साथै मादक पदार्थ समेतको लतमा फसाई विद्युतिय उपकरणको मार्फत बालिका तथा युवतिहरुको फोटो होटल तथा लजका सञ्चालक तथा प्रबन्धकलाई देखाई होटलमा आउने ग्राहकहरुलाई उक्त फोटोहरु होटल सञ्चालक तथा प्रबन्धकले देखाई ग्राहकको रोजाई अनुसार श्याम कुमार भट्टराई आफैले तथा अन्य भाडाका ट्याक्सी, पठाओ चालक मार्फत सम्बन्धित होटलमा बालिका तथा युवतिहरुलाई पठाई मानव बेचबिखन तथा ओसार पसार गरी करणी गर्न बाध्य बनाउने गरेको साथै प्रारम्भिक चरणमा यौनजन्य क्रियाकलाप गर्न अनिच्छुक रहेका बालिका तथा युवतिहरुलाई फकाई फुल्याई प्रलोभनमा पार्ने, सो गर्दा नमानेमा डर, धाक, धम्की दिई भाग्न उम्किन नदिई उक्त भाडाको फ्ल्याटमा राख्ने गरेको पाइएको निज बर्ष १६ की पिडित बालिका श्याम कुमार भट्टराई र सुहाना तामाङ नभएको मौकामा अन्य युवतिहरुलाई समेत झुक्याई भागी अभिभावकको सम्पर्कमा आएको अनुसन्धानको क्रममा खुल्न आएको थप अनुसन्धान कार्य भई रहेको ।  

निम्नः–
सिन्धुली जिल्ला साविक झांगाझोली गा.वि.स. वडा नं. ७ को हाल परिवर्तित ऐ. सुनकोशी गाउँपालिका ७ घर भई हाल काठमाण्डौं जिल्ला गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने अं. वर्ष २४ को सरगम भन्ने श्याम कुमार भट्टराई ।

सिन्धुली जिल्ला साविक तामाझोर गा.वि.स. वडा नं. ३ को हाल परिवर्तित ग्याङ्ग्ले गाउँपालिका ३ घर भई हाल काठमाण्डौं जिल्ला गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने अं. वर्ष १८ की मसेली भन्ने सुहाना तामाङ्ग ।
जिल्ला काठमाण्डौ गोकर्णेश्वअर न.पा. ५ जोरपाटी बस्ने बर्ष ५२ को प्रकाश ढुंगेल ।
जिल्ला नुवाकोट सुर्यगढी गा.पा. ४ घर भई हाल माकलबारी बस्ने बर्ष ३१ की मुना थापा मगर । जिल्ला काठमाण्डौ कागेश्वअरी मनहरा न.पा. वडा नं. १ गागालफेदी बस्ने बर्ष ४७ को राज कुमार सुनार ।

Comments