चाँगुमा वडाध्यक्षले कुटे सर्वसाधारण
चैत १६, २०७७, सोमबार | विहान १०:३८ बजे | 35
चाँगुनारायण नगरपालिकामा वडा नम्बर ५ का वडाध्यक्षले र एक जनालाई स्थानीयलाई कुटपटि गरेको छन्। ३२ बर्षीय लक्ष्मण खिचाजुलाई सामान्य विवादमा वडा अध्यक्ष र विश्व खड्काले कुटपिट गरेका हुन्।
चाँगुनारायण नगरपालिका वडा नम्वर ५ मा पिखेलमा अध्यक्ष जयन्द्र खड्का र पूर्व सैनिक समेत रहेका विश्व खड्का र प्रकास लामिछानेले स्थानीय खिचाजुलाई मरनासन्न हुने गरी कुटपिट गरेको स्थानीयले बताएका छन्। खिचाजुलाई सामान्य विवादमा नै वडा अध्यक्ष र विश्व खड्काले कुटपिट गरेको स्थानीयले जानकारी दिएका छन्।
वडाध्यक्ष खड्का र विश्व खड्काले खिचाजुलाई उनैको घर अगाडि पसलमा पार्किङमा राखेको गाडी जबर्जस्ती हटाउन खोजेका थिए। तर, खिचाजुले गाडी नहटाएपछि उनीमाथि कुटपिट गरेको पीडितका दाजु राम खिचाजुले बताए।
घाइतेको भक्तपुर अस्पतालमा उपचार भईरहेको छ । उनको टाउको मुख लगाएत शरीरका विभिन्न भागमा घाउ चोटपटक रहेको छ। घाइते हार्डवेर व्यवसायी हुन्।
केही साताअघि पनि वडाध्यक्षले स्थानीयलाई कुटेका थिए। प्रहरीमा मिलापत्र गरेका उनले पुनः स्थानीयलाई कुटेका हुन्।