ग्यास शिलिण्डर पड्केर भक्तपुरमा एकजनाको मृत्यु


चैत १३, २०७७, शुक्रबार | विहान ०६:०५ बजे | 5


भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं. ५ सृजनानगरस्थित पसलमा ग्यास पड्केर घाइते भएका टिकाराम बस्नेतको शुक्रबार निधन भएको छ । चैत ८ गते शिवलाल कस्पालको ४ तले पक्की घरको पहिलो तलामा संचालन रहेको भीमेश्वर मःमः एण्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँसको सिलिण्डर पड्केर घाइते होटल संचालक बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका सूचना अधिकृत दीपक गिरीले घाईते भई उपचारार्थ डा. ईवामुरा अस्पताल सल्लाघारी र मध्यपुर अस्पताल ठिमी लगि सामान्य उपचार पश्चात थप उपचारको लागी किर्तीपुर बर्न सेन्टर अस्पताल लगिएकोमा उपचारकै क्रममा होटल संचालक दोलखा सैलुङ गाउपािलका ६ घर भई हाल भक्तपुर सुर्यबिनायक नगरपालिका ४ दधिकोट बस्ने बर्ष ३९ को बस्नेतको मृत्यु भएको घोषणा गरेको जनाए । अन्य ५ जना घाईतेको उपचार भइरहेको जनाइएको छ ।
घटनाको क्रममा सोही स्थानमा बसिरहेका काठमाडौ कोटेश्वर बस्ने वर्ष ३३ को राजेन्द्र कार्की र वर्ष ३९ की गीता कार्की दुवैजना गम्भीर रहेको परिसरले जनाएको छ । साथै घटनामा परेका झापा बुद्धशान्ति गाउपालिका २ घर भई हाल सल्लाघारी भक्तपुर बस्ने वर्ष १९ को आदित्य सुवेदी, भक्तपुर सुर्यविनायक नगरपालिका ५ कटुन्जे बस्ने वर्ष १७ को विकास पौडेल र वर्ष १६ को हिमुन्स थापा सामान्य अवस्थामा रहेको जनाइएको छ ।

Comments