सुर्यबिनायकमा आगलागी हुदाँ ६ जना घाइते
चैत ९, २०७७, सोमबार | विहान ०५:०५ बजे | 0
भक्तपुर । भक्तपुरमा सिलिण्डर पड्केर आगलागी भएको छ । सुर्यबिनायक नगरपालिका वडा नं. ५ सृजनानगरस्थित शिवलाल कस्पालको ४ तले पक्की घरमा आगलागी भएको हो । उक्त आगलागीमा परी होटल संचालक टिकाराम बस्नेत र ग्राहकहरु ५ जना घाईते भएको प्रहरीले जनाएको छ।
कस्पालको पहिलो तलामा संचालन रहेको भिमेश्वर मःमः एण्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँसको सिलिण्डर पड्केर आगलागी भएको महानगरीय प्रहरी परिसार भक्तपुरका सुचना अधिकारी रमेश गिरीले जानकारी दिए। उक्त घटनामा होटल संचालक टिकाराम बस्नेत र ग्राहकहरु गरी ६ जना घाईते भएको गिरीले बताए। निजहरु ६ जनालाई नै उपचारार्थ डा. ईवामुरा अस्पताल सल्लाघारीमा ३ जना र मध्यपुर अस्पताल ठिमीमा ३ जनाको उपचार भइरहको उनले जानकारी दिए। ६ जनालाई नै किर्तिपुरको बर्न सेन्टर अस्पताल रिफर भएको उनले बताए।
घाइते हुनेहरु
डा.ईवामुरा अस्पत होटल संचालक जिल्ला वर्ष ३९ को टिकाराम बस्नेत, वर्ष ३३ को राजेन्द्र कार्कीर्, ३९ की गीता कार्की हुन्।
मध्यपुर अस्पतालमा गा्रहकहरु वर्ष १९ को आदित्य सुवेदी, वर्ष १७ को विकास पौडेल, वर्ष १६ को हिमुन्स थापाको उपचार भइरहेको जनाइएको छ।