दुर्घटनामा परी स्कुटी पछाडि वस्नेको मृत्यु
असार १, २०७७, सोमबार | विहान ०३:१३ बजे | 5
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडेमा ट्याङ्कर र स्कुटी एक आसपमा ठक्कर खाई दुर्घटना हुँंदा स्कुटी पछाडि वस्ने एकजनाको मृत्यु भएको छ । बा ५ ख ४३११ नं.को पानीको ट्याङ्कर र बा ९२ प ७०७७ नं.को स्कुटी एक आफसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी पछाडि सवार जिल्ला काठमाडौ कागेश्वरी बस्ने वर्ष ४५ की लक्ष्मी कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । खबरको जानकारी प्राप्त हुनासाथ नजिकै रहेको प्रहरी टोली घटनास्थलमा पुगी हेर्दा स्कुटी पछाडी सवार कार्की गम्भीर घाइते भई कोरियन अस्पताल ठिमी भक्तपुरमा लगी प्राथमिक उपचार पश्चात थप उपचारका लागी अन्नपूर्ण न्युरो अस्पताल रिफर गरी उपचार भइरहेकोमा शनिबार राति उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र ट्याङ्कर चालक रामेछाप मन्थली ३ घर भई हाल भक्तपुर बस्ने वर्ष ४१ को राजकुमार खत्रीलाई महानगरीय प्रहरी वृत ठिमी भक्तपुरले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।