नेपालमा अपराध अनुसन्धानको व्यावहारिक प्रक्रिया र चुनौतीहरू विषयमा कार्यक्रम


असार २९, २०८३, सोमबार | विहान ११:११ बजे | 105


नेपालमा अपराध अनुसन्धानको व्यावहारिक प्रक्रिया र चुनौतीहरू विषयमा कार्यक्रम

‎भक्तपुर । नवीनन्त समाजको आयोजना र आदर्श आजाद कलेजको सहकार्यमा नेपालमा अपराध अनुसन्धानको व्यावहारिक प्रक्रिया र चुनौतीहरू विषयमा नविन्तम समाजको अध्यक्ष श्रीराम श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ। ‎ कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि जिल्ला प्रहरी परिसर भक्तपुरको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सुभेश अधिकारी ज्यू ले अपराध अनुसन्धानको व्यावहारिक प्रक्रिया र यसको चुनौतीहरू बारे प्रष्ट पार्नुभयो।

अपराध अनुसन्धानको क्रममा पालना गर्नुपर्ने कानुनी प्रक्रियाहरू, मानव अधिकारको संरक्षणमा प्रहरीको भूमिका बारे प्रष्ट पार्नुभयो। कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि अधिकारीले जाहेरी दरखास्त देखि प्रतिवेदन पेश गर्ने सम्म विविध विषयहरू बारे अपराध अनुसन्धानको व्यावहारिक प्रक्रिया र चुनौतीहरू बारे प्रष्ट पार्दै ‌ अपराध अनुसन्धान पर्याप्त आधुनिक प्रविधिको प्रयोग नहुँदा समस्या भएको बताउनुभयो। अपराध अनुसन्धानमा व्यावहारिक चुनौती सँगसँगै कानुनी चुनौती समेत रहेको औल्याउनु भयो। ‎

कार्यक्रममा बोल्नुहुँदै विशेष अतिथि आदर्श आजात कलेजको निवर्तमान प्रधानाध्यापक चक्र चाकतु ज्यूले सभ्य समाज निर्माणको लागि कानुनको विद्यार्थीहरूलाई मात्र नभई सम्पूर्णलाई अपराध अनुसन्धान विविध पाटोको बारेमा ज्ञान हुनु आवश्यक रहेको बताउनुभयो। ‎ ‎कार्यक्रममा बोल्नु हुँदै कार्यक्रमको सभापति श्रीराम श्रेष्ठज्यूले फौजदारी न्यायको सिद्धान्तमा अदालतले दोषी ठहर नगरे सम्म अपराधी भन्न नमिल्ने र सोही अनुसार व्यवहार गर्न नमिल्ने विषयमा प्रष्ट पार्नुभयो। त्यसकारण कसैलाई आरोप लागेकै भरमा दोषी करार नहुने हुँदा अनुसन्धानको विषय स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो। जसको लागि विभिन्न विषयमा अनुसन्धानको क्रममा रहेको घटनाहरूलाई प्रभावित पार्ने गरी र्याली, जुलुस लगायतका विविध आन्दोलनहरू गर्न उचित नहुने बताउनुभयो। उक्त कार्यक्रममा सुस्मिता कुमारी यादव र सुजता राईले समेत बोल्नुभएको थियो। ‎कार्यक्रम ख्वप कलेज र बागेश्वरी माध्यमिक विद्यालयको कानुन संकायमा अध्ययनरत कक्षा ११ र १२ को विद्यार्थीहरू सहभागी थियो।

फाेटाेमा हेर्नुहाेस्...

नेपालमा अपराध अनुसन्धानको व्यावहारिक प्रक्रिया र चुनौतीहरू विषयमा कार्यक्रम

Comments