पृथ्वीको ज्वरो
असार १९, २०८३, शुक्रबार | साँझ ०५:०८ बजे | 35
पृथ्वीको ज्वरो र मानवजातिको जिम्मेवारी
सुनील सापकोटा, हाल बिराटनगर
आज संसारको कुनै पनि कुनामा सुरक्षित महसुस गर्ने अवस्था छैन। एकातिर चिसो मौसमका लागि परिचित बेलायत र फ्रान्समा अत्यधिक गर्मीका कारण मानिसहरू बिरामी परिरहेका छन् र कति पयले ज्यान समेत गुमाइरहेका छन्। अर्कोतिर भारतका विभिन्न राज्य र नेपालको विराटनगरलगायत तराईका क्षेत्रहरू केही दिन यता असह्य गर्मीले आक्रान्त छन्। यो कुनै सामान्य मौसमी परिव र्तन मात्र होइन, पृथ्वीले दिएको गम्भीर चेतावनी हो। पृथ्वी आफैं तातेको होइन, हामीले तताएका हौं। अन्धाधुन्ध वन विनाश, पेट्रोल, डिजेल र कोइला जस्ता इन्धनको अत्यधिक प्रयो ग, उद्योग र सवारीसाधनबाट निस्कने धुवाँ, प्लास्टिकको बढ्दो प्रयोग तथा प्राकृतिक स्रोतहरूको अविवेकी दोहनले वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढाइरहेको छ। यही कारण पृथ्वीको ताप क्रम वर्षेनी बढ्दै गएको छ। यदि आज पनि हामी सचेत भएनौं भने भोलिका दिनमा केवल गर्मी मात्र होइन, खडेरी, डढेलो, बाढी, खानेपानीको अभाव, खाद्यान्न संकट र नयाँ–नयाँ रोगहरू मानव जीवनका स्थायी चुनौती बन्न सक्छन्। यसको सबैभन्दा ठूलो पीडा हामीभन्दा पनि हाम्रा छोरा- छोरी र नाति - नातिनाले भोग्नुपर्नेछ। त्यसैले अब दोष अरूलाई दिने समय होइन, आफूबाट परिवर्तन सुरु गर्ने समय हो। सबेले घर घरमा कम्तिमा एउटा रूख रोप्नु र भएका वन जोगाउनु, अनावश्यक इन्धनको प्रयोग घटाउनु, सार्व जनिक यातायात प्रयोग गर्नु, बिजुली र ऊर्जाको मितव्ययी उपयोग गर्नु, प्लास्टिकको प्रयोग कम गर्नु र वातावरणमैत्री जीवनशैली अपनाउनु आदि यी साना देखिने कामहरूले पनि ठूलो परिवर्तन ल्याउन सक्छन्। प्रकृतिले हामीलाई हावा, पानी, जंगल र जीवन दिएको छ। अब त्यसको रक्षा गर्नु हाम्रो कर्तव्य हो। पृथ्वी हाम्रो पुर्खाले छोडेको सम्पत्ति होइन, यो भावी पुस्ताबाट सापटी लिएको साझा धरोहर हो। त्यसैले आज हामीले प्रकृतिलाई जोगायौं भने मात्र भोलिका पुस्ताले स्वच्छ हावा, हरियाली वन र बस्न योग्य पृथ्वी पाउनेछन्। पृथ्वीलाई अझ नताताऔं। रूख बचाऔं, वन बढाऔं, प्रदूषण घटाऔं र वातावरण जोगाऔं। किनकि पृथ्वी बच्नु भनेकै मानव सभ्यता बच्नु हो। अन्त्यमा प्रकृतिले हामीलाई धेरै पटक चेतावनी दिइसकेको छ। अब पनि नसुन्ने हो भने, भोलि प्रकृतिले हामीलाई माफ गर्ने छैन। आज पृथ्वी रोइरहेकी छिन्, भोलि मानवजाति नरोओस्—आउनुहोस्, अब मानवजाती हामी सबै मिलेर वातावरण जोगाउने संकल्प गरौं। धन्यवाद !
