सिपाडोलमा गरिएको चेकजाँचका क्रममा स्थानीय थापा पक्राउ
असार १४, २०८३, आइतबार | राति ०८:३५ बजे | 300
भक्तपुर, असार १४ — भक्तपुर प्रहरीले लागू औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार आइतबार अपराह्न ३:४० बजे सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा गरिएको चेकजाँचका क्रममा स्थानीय २३ वर्षीय राज थापालाई लागू औषधसहित पक्राउ गरिएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त जगातीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको साथबाट ट्रामाडोल ११८ ट्याब्लेट, डाइजेपाम/फेनरगन २ थान तथा ५५ ग्राम गाँजा बरामद गरेको जनाएको छ।
पक्राउ परेका थापामाथि लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
