भक्तपुरको एक घरमा आगलागी हुदाँ ८ लाखको क्षति
फाल्गुन २५, २०७७, मङ्गलबार | विहान ११:०० बजे | 0
भक्तपुरमा आज एक घरमा आगलागी भएको छ। भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ६ तेलकोट बेसी स्थितमा बस्ने वर्ष ९२ की पाडासैनी तामाङको २ तले ढुंङा माटोले बनेको कच्ची घरमा एक्कासी आगोलागी भएको हो।
आगोलागीबाट अन्दाजी रु. ८ लाख ५४ हजार बराबरको धनमाल क्षति भएको महानगरी प्रहरी परिसरका सुचना अधिकारी दिपक गिरीले जानकारी दिए।
धिनमाल क्षति भएतापनि अन्य मानविय तथा चौपाया क्षेती नभएको गिरी बताउँछन्। अनुसन्धानको क्रममा घर भित्र रहेको विजुलीको तारमा करेण्ट सर्ट हुँदा आगलागी भएको भन्ने घरधनि तथा स्थानियहरुबाट खुल्न आएको उनले बताए। थप अनुसन्धान भइरहेको उनी बताउँछन्।
आगलागी महानगरीय पहरी प्रभाग खरिपाटी भक्तपुरबाट प्रहरी नायव निरिक्षक पृथ्वी बहादुर खत्रीको कमाण्डमा प्रहरी टोली खटिनुका साथै नेपाली सेना, भक्तपुर, काठमाण्डौ, ललितपुरबाट वरुण यन्त्र दमकल र स्थानियहरुको सहयोगमा पुर्णरुपमा आगलागी नियन्त्रण गरिएको हो।